बसपार्कको खोप केन्द्रमा मन्त्रीको अनुगमन

साझाकुरा
२०७८ माघ १४, शुक्रबार १२:४७

हेटौंडा-बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बिहीबार हेटौंडा–१० स्थित बसपार्कको खोप उप केन्द्रमा अनुगमन गरेका छन् । कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि बसपार्कको सामुदायिक सेवा केन्द्रमा संचालन गरिएको खोप केन्द्रको व्यवस्थापन बारे मन्त्री लामाले अनुगमन गरेका हुन् ।

पुरानो नारायणी यातायात प्रा. लि. तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा–१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप–केन्द्रमा संचालन भइरहेको कोरोना विरुद्धको खोप अभियानको बिहीबार अनुगमन गरेका हुन् ।

उप केन्द्रबाट हालसम्म ४ सय भन्दा बढीले खोप लगाइसकेका छन् । अनुगमनका क्रममा स्वास्थ्य मन्त्री लामाले उप केन्द्रमा संचालित खोप अभियानको प्रशंसा गरेका छन् । उनले राजमार्ग भएर चल्ने सवारी चालक तथा सहचालकलाई विशेष प्राथमिकता दिएर संचालित खोप अभियानले निन्तरता पाउने बताए ।

उनले बागमती प्रदेशभित्र रहेका सबै जिल्लाको स्थानीय तहमा पुगेर खोप अभियान सञ्चालनमा बागमती प्रदेश सरकारपछि नहटने बताए । सेवा उप केन्द्र अध्यक्ष प्रदीप कँडेलले जारी खोप अभियानको बारेमा अवगत गराएका थिए । मन्त्री लामाले कोरोना खोप लगाउने लाइनमा बसेका सेवाग्राहीलाई निर्धाक भएर खोप लगाउन अनुरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*