विद्याकी देवी सरस्वती

विज्ञान रिमाल ‘दिग्गज’
२०७८ माघ २३, आईतवार १०:०७

हिन्दुहरुमा बर्षभर मूख्य तीन देवीको पूजा अर्चना गरेर मनाइन्छ । लक्ष्मी पुजा, दुर्गा पुजा र सरस्वती पुजा । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी देवी । सरस्वती विद्याकी देवी । त्यस्तै आजका दिन विद्याकी देवीको ।
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे रु
वसन्त पञ्चमी, श्रीपञ्चमी, सरस्वतीको पुजा हिन्दु धर्म मान्नेहरुको लागि एक महान पर्व हो । यो पर्व हिन्दुको वाहुल्यता भएको ठाउँहरुमा हर्षोउल्लासका साथ मनाइने गरिन्छ । यस दिन सरस्वतीको आराधना गर्न आउदा महिलाहरुले पहेलो वस्त्रको प्रयोग गर्ने गर्दछन् । सृष्टिको प्ररम्भिक कालमा (प्राचिनकालमा) हिन्दु शास्त्र अनुसार यस दिनलाई व्रम्हा, विष्णु र कामदेवको नाममा जोडेर उत्सवहरु माइदै आएको र यसैलाई नै श्रीपञ्चमी भनेर भनिने गरेको पौराणिक तथ्य भनाइहरु पनि पाइन्छ ।

सरस्वतीमातालाई विद्याकी देवीको साथ साथै संगितकी देवी पनि भनिन्छ । स्वर, सड्डित देखि नृत्यकला, कार्यकुशलता र ज्ञानको भण्डार भएकी सरस्वतीका विभिन्न साधना र पूजाका विधा छन् । बौद्धधर्मिहरुले उनैलाई मञ्जुश्रीका नामले पुज्ने गर्दछन् भने उनका विभिन्न स्वरुपका चिन्तन गर्दै बालबालिकाहरुलाई अक्षरम्भ गर्छन् । हिन्दुहरुले मनाउदै आइरहेको वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आइरहेको विभिन्न दस्तावेज अनि मुस्लिम किम्बदन्तीहरुमा पनि पाईन्छ । लगनशिलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने विद्याकी देवी सरस्वती संगितकी खानी नै हुन, सवै भन्दा उत्तम धन भनेको विद्या नै होभनी उपसना साधना गर्ने प्रचलन विश्वभर कुनै न कुनै रुपमा मनाइदै आएको छ । सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी आज विद्या र सड्डीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन ।

आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडोबाट क्रमशः कोईलीको कुहु कुहु अनि न्यानोपनाको मौसम बसन्तको स्वागत गर्दछ । आजका दिन विद्यार्थीहरु विहानै उठेर स्नान पश्चात चोखोनितो गरी सफा कपडा लगाएर सरस्वतीको उपासना गर्छन । कला र गलाका पारखीहरूका लागि पनि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमी आजका दिनलाई मानिन्छ । सरस्वतीका वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचान गर्न सरस्वतीको प्रसादवाटै सम्भव छ आजको विश्व संसार विज्ञानमय बनेको छ भन्ने विश्वासले नै आजका दिन नाक, कान छेड्ने देखि अन्य उद्यमशीलताका कार्यहरु आरम्भ गर्दा कुनै साइत जुराउनु नपर्ने मान्यता छ ।

देशभरका विद्यालयले आजका दिनलाई वार्षिक पात्रोमा सरस्वती पूजा (श्रीपञ्चमी, वसन्त पञ्चमी)लाई विशेष महत्वका साथ राखिएको हुन्छ । शैक्षिक संस्था, विद्यालयहरुमा विशेष रमझम रहन्छ, पुजाको दिन भन्दा २÷४ दिन अगावै देखि विद्यालय सरसफाई, रगिंन तोरणहरु झुण्ड्याएर, अशोक रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ गरिएको हुन्छ, आजका दिन विद्यार्थीहरुलाई विद्यालय प्रवेश गर्दा स्कुल ड्रेसमा आउनु पर्छ भनेर वाध्य वनाइएको हुदैन त्यसै भएर पनि होला साना साना भाई वहिनीहरु आपूmलाई सुहाउदो रड्डिचड्डी पहिरनमा सजिएर विद्यााकी देवि सरस्वतीको मुर्ति वा प्रतिमामा आफ्नो साधनालाई निरन्तर दिने सन्दर्भमा देविलाई मनपर्ने ध्यू, मह, दुध, दही, चिनी, फलपूmल, मिठाई वस्त्र, भेटि, नरिवल र पुष्पगुच्छा आदीको अर्पण गर्ने गर्दछन् । आजकै दिनमा हामीमध्ये धेरैले अक्षराम्भ सुरु गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको कृपाले सकारात्मक शब्दहरु, भावहरु, सोचहरु आइरहोस प्राप्त भइरहोस भनी पुजा अर्चाना गर्दछौं ।

नेपालको परिवेशमा कुरागर्ने हो भने नेपाल अधिराज्य भरिको धेरै भन्दा धेरै शैक्षिक संस्थाहरु चाय त्यो सरकारी होस् वा निजी सवैमा विद्यालयहरुमा सानो या ठूलो सरस्वतीको मन्दिर रहेको पाउछौं । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

तपाई हामी जुनै धर्म या संस्कृतिमा विश्वास भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ, त्यसैले त सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ । लेख्नको लागी मसी नसकियोस, बोल्नको लागी आवाज अनि हेर्नको लागी नजर खुल््ला रहोस । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन, अंग्रेजी शब्दका ए बि सि डि देखि जेट सम्मका अक्षरहरुको वाक्याश प्रयोग जारी रहोस, सरस्वती माताको जय ।

बिधाकी देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तकसँगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवसका रुपमा मनाउन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले सरकारसँग पहल पनि नगरेको हैन पहल गर्दै आइरहेको छ र गरिहने छ । पहलीक्रम जारीनै रहेको अवस्थामा पुस्तक तथा स्टेसनरी व्यवसायीहरुले यसै दिनलाई राष्ट्रिय पुस्तक दिवश मानेर मनादै पनि आइरहेको छ÷छौं । हुन त अन्तर्राष्ट्रिय पुस्तक दिवश हरेक वर्ष अप्रिल २३ तारिखका दिन विश्वभर मनाउदै आइरहेको छ । तर सरस्वती विद्याकी देविको उपसना गर्ने दिन अक्षराम्भ गर्ने दिन भनेर राष्ट्रिय पुस्तक दिवश पनि आजका दिन हामी सवै नेपालीले मनाउने कि ?

यसमा तपाइको मत

Your email address will not be published.


*