बालकुमारी क्योकुशिनमा श्रेष्ठ र खतिवडा चुनिए

साझाकुरा
२०७८ माघ २३, आईतवार १०:१२

हेटौंडा-मकवानपुरका बिष्णु श्रेष्ठ र सुदर्शन खतिवडा नेपाल बालकुमारी क्योकुशिन कराते संघको केन्द्रीय समितिमा चुनिएका छन् ।संघको काठमाडौंमा सम्पन्न प्रथम साधारणसभाबाट मकवानपुरका श्रेष्ठ केन्द्रीय उपाध्यक्ष र खतिवडा सदस्यमा निर्विरोध चुनिएका हुन् । साधारणसभाले श्याम महर्जनको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । २०४९ सालदेखि मकवानपुरमा क्योकुशिन करातेमा आवद्ध रहेका श्रेष्ठ राष्ट्रिय च्याम्पियन भइसकेका छन् । हर्नामाडी क्योकुशिन कराते उप डोजोमा आवद्ध भइ खेल क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका खतिवडा पूर्वराष्ट्रिय खेलाडी हुन् । यसैगरी, मकवानपुर क्योकुशिन कराते संघले आयोजना गर्न लागेको दोश्रो राष्ट्रिय फुलकन्ट्रयाक्ट क्योकुशिन कराते प्रतियोगिताको तयारी बैठक भएको छ । शनिबार जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सानुकुमार लामाको आतिथ्यतामा बैठक भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*