मकवानपुरसँग नुवाकोट पराजित

साझाकुरा
२०७८ चैत्र १, मंगलवार १०:३५

हेटौंडा- बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत् हेटौंडामा जारी फटबुलमा सोमबार मकवानपुरले नुवाकोटलाई पराजित गरेको छ ।३–० गोल अन्तरले नुवाकोटलाई हराउँदै मकवानपुर प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पहिलो हाफमा कुनै टिमले खाता खोल्न सकेनन् । खेलको ६० औं मिनेटमा मकवानपुरका समीरराज थोकरले गोल गर्दै अग्रता दिलाए । खेलको ७८ र ८३ औं मिनेटमा सुदीप सापकोटाले थप दुई गोल गर्दै मकवानपुरलाई फराकिलो गोल अन्तरले बिजयी गराउन सफल भए । हेटौंडा–५, क्याम्पा रंगशालामा भएको खेलमा रामेछापले सिन्धुपाल्चोकलाई पराजित गरेको थियो ।

खेलको निर्धारित समयमा गोल नभएपछि ट्राइबेकरमा ४–२ गोल अन्तरले रामेछाप बिजयी भएको हो । मंगलबार दुई वटा खेल हुनेछन् । पहिलो खेल सिन्धुली र काठमाडौंबीच तथा र दोस्रो खेल भक्तपुर र रसुवाबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले जानकारी दिइन् । नक आउट चरणमा खेलाइएको प्रतियोसगितामा बागमतीका १३ जिल्ला सहभागी छन् ।यसैगरी, हेटौंडामै भएको पुरुषतर्फको ब्याडमिन्टन खेलमा चितवन र ललितपुर फाइनल प्रवेश गरेका छन् । सोमबार बिहान भएको सेमिफाइनल जित्दै चितवन र ललितपुर फाइनल प्रवेश गरेका हुन् । चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको ब्याडमिन्टन अफिसियल रामविनय श्रेष्ठले बताए । फाइनल खेल मंगलबार हुनेछ । महिलातर्फ धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेका छन् । सेमीफाइनलमा धादिङले ललितपुरलाई ३–२ र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेट खेलमा काठमाडौं बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको भक्तपुरले १७ दशमल ३ ओभर खेलेर ४१ रन बटुलेको थियो । काठमाडौंले विकेट नगुमाई २ दशमलव ३ ओभरमा टारगेट पूरा गरी बिजयी भएको हो । दोस्रो खेल काठमाडौं र चितवनबीच भएको थियो । टस जितेर चितवनले बलिङ रोजेको थियो  काठमाडौंले २ विकेट गुमाएर एकसय ८३ रन बनाउँदै चितवनलाई विशाल लक्ष्य दिएको थियो । चितवनले सबै विकेटको क्षति व्यहोर्दै १७ दशमलव १ ओभरमा ६१ रन बनाएको थियो । मंगलबार चितवन र भक्तपुरबीच खेल हुनेछ ।

मकवानपुरमा चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराते, काठमाडौंमा चैत ६ गतेदेखि एथ्लेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । प्रतियोगिता १२ चैतसम्म हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*