गणेश थापालाई फिफाको चेतावनी

साझाकुरा
२०७९ जेष्ठ ५, बिहीबार ११:३१

हेटौंडा-अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष हुँदा आर्थिक अपचलन गरेको आरोपमा १० वर्ष फिफाबाट निलम्बनमा परेका गणेश थापालाई चेतावनी दिइएको छ ।कमल थापाका भाइसमेत रहेका हेटौंडाका थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल सम्बन्धी कुनैपनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको हो । फिफाले एन्फा अध्यक्ष हुँदा भ्रष्टाचार गरेको आरोपमा सबैखाले फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध गरेको थियो । बुधवार अध्यक्ष थापामाथिको प्रतिबन्धको स्मरण गराउँदै फिफाका प्रमुख सदस्य संघका अधिकृत केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन् ।

यसअघि फिफाको सन् २०१५ मा नैतिक कमिटीको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने, लिने र घुस खोरी र भ्रष्टाचार गरेका भन्दै प्रतिबन्ध लगाएको थियो । एन्फालाई फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्न पत्रमा भनिएको छ ।‘विवादित प्रतिबन्ध रहेसम्म फिफा एन्फा र यस सम्बन्धित सदस्यहरुले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनैपनि प्रकारको (व्यवस्थापकीय, खेल वा अन्य) फुटबल गतिविधिमा संलग्न हुन नदिने अपेक्षा गर्दछ,’ फिफाले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*