हेटौंडा एकेडेमीले मनायो भानु जयन्ती र गुरु पुर्णिमा

साझाकुरा
२०७९ असार ३०, बिहीबार ११:४८

हेटौंडा- हेटौंडा–११ शहिद स्मारकस्थित हेटौंडा एकेडेमीले २०९ औं भानु जयन्ति तथा गुरु पूर्णिमा विविध कार्यक्रम गरेर मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत्को कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा एकेडेमीले बुधबार भानु जयन्ति तथा गुरु पूर्णिमा विविध कार्यक्रम गरेर मनाएको हो ।गुरु पूर्णिमा विशेष कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, अभिनयलगायत विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत  गरेका थिए ।कक्षा १० कि छात्रा प्राश्ना गौतमको अध्यक्षतामा भएको र कक्षा १० कै छात्र गौरब फुयाँल र छात्रा मानवी रिजालले संचालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न क्षेत्रमा आफूलाई सघाउने गुरु–गुरुआमाहरूलाई उपहारसहित सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुमार्गीले विद्यार्थीहरुद्वारा आफ्ना गुरु–गुरुआमाहरूलाई सम्मान गरको देख्दा आफूलाई खुशी लागेको र यो एउटा असल संस्कार भएको भएको बताए । असल संस्कार सिकाउन सफल भएकोमा हेटौंडा एकेडेमीको सम्पूर्ण टिमलाई सुमार्गीले बधाई एवम् धन्यवाद ज्ञापन गरे । विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले संस्कारयुक्त शिक्षाको एउटा सानो पाटोमात्र रहेको र आगामी दिनमा विद्यार्थीहरुकै अग्रसरतामा अन्य थुप्रै कार्यक्रमहरु अझ सभ्य र भव्यरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

बुुधबार नै हेटौंडा एकेडेमीले २०९ औं भानु जयन्तीको अवसरमा साहित्यिक कार्यक्रमको समेत आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमार्गीको अध्यक्षतामा भएको उक्त कार्यक्रम विद्यालयको कक्षा ८ मा अध्यनरत् विद्यार्थीहरु आँचल सुबेदी र साबिक कँडेलले संचालन गरेका थिए । प्रवासमा (सिलगुडी, भारत) रहेर पनि नेपाली भाषा साहित्यको उन्नयनमा लागिपरेका साहित्यकार, कलाकार एवम् पूर्व शिक्षक मुक्ति बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हयग्रीव आचार्य विशिष्ट रहेका थिए । प्रमुख अतिथि बरालले हेटौंडा एकेडेमीले आफूलाई सम्झिएकोमा खुशी व्यक्त गर्दै दार्जिलिंग सिलगुडीमा भानुभक्तलाई देउता जस्तै मान्ने कुरा व्यक्त गरे । यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरुमा साहित्यिक संस्कारको विकास गर्ने हुँदा कार्यक्रमहरू विद्यालयमा निरन्तर आयोजना हुनुपर्ने उनको भनाइ थियो ।

विशिष्ट अतिथि आचार्यले हेटौंडा एकेडेमी शिक्षा क्षेत्रकै उदाहरणीय विद्यालय रहेको भन्दै सधैं सकारात्मक सँस्कार विकास गर्ने कुरामा अग्रणी भूमिका निभाएको बताए । विद्यालय व्यवस्थापन समितिकी सदस्य अंकिता सुमार्गीले कार्यक्रम सफलताको शुभकामना दिदै हाइकुसमेत सुनाएकी थिइन् । कार्यक्रममा विभिन्न कक्षामा
अध्यनरत् विद्यार्थीहरुले रचना वाचनसमेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*