जय लोक सेवा आयोग

लक्ष्मी विलास कोइराला
२०७९ भाद्र २१, मंगलवार १२:३३

वाग्मती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएपछि समाचार आयो स्थानीय तहहरुले रीक्त दरवन्दीमा पदपूर्ति गर्न योग्य उम्मेदवार छनौट गर्न प्रदेश लोक सेवा आयोगमा माँग गरेनन् । रिक्त दरवन्दीमास्थानीय निकायका पदाधिकारी मेयर, उपमेयर, वडाध्यक्ष वा राजनीतिक दलका कार्यकर्ता अस्थायी कर्मचारी छन् । आयोगमा माँग पठाउनासाथ आयोगबाट सिफरीस भएर आएपछि पदबाट हटाउन पर्ने कारण वर्षौदेखि माँग नपठाएर बसेको तथ्य वाग्मती प्रदेश लोक सेवा आयोगले प्रकाशनमा ल्याएकोछ ।कर्णाली प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको उत्तर पुस्तिकामा नाम र मोवाईल नम्बर लेख्ने परीक्षार्थीहरुलाई रेस्टिकेट गरेकोछ । सत्प्रयासका लागि प्रदेश लोक सेवा आयोग दुबैलाई साधुवाद †

सरकारी कार्यालयमा रिक्त दरबन्दी लुकाएर राख्नाले सेवा प्रवेश गर्न चाहने लाखौं युवाहरुलाई नकारात्मक प्रभाव पर्दछ । निजामती सेवा ऐनले रिक्त पदहरु छ महिनाभित्र लोक सेवा आयोगमा माँग गरी पठाउनु पर्ने व्यवस्था गरेकोछ । प्रदेश लोक सेवा आयोगले सबैभन्दा ठुलो कर्मचारी दरवन्दी भएको काठमाडौं महानगर पालिकाले रिक्त दरवन्दीमा स्थायीरुपमा पदपूर्ति गर्न माँग नगरेको जनाएकोछ । स्थानीय तहमा नयाँ पदाधिकारीहरु निर्वाचित भएर आएकाछन् आशा गरौं, आउँदा दिनहरुमा रिक्त दरवन्दी पदपूर्तिका लागि समयमा नै प्रदेश लोक सेवा आयोगमा माँग गरी पठाईनेछ ।वाग्मती प्रदेश लोक सेवा आयोगको प्रतिवेदनको सन्र्दभमा यी हरफहरु लेखिरहँदा मलाई पुराना दिनहरुको याद आउँछ । म झण्डै चालिस वर्ष त्रिभूवन विश्वविद्यालयमा स्नातकोत्तर अध्धयन गर्न काठमाडौंआएको थिएँ ।

तिनताका चितवन र काठमाडौ छोटो बाटो र राम्रो टेलिफोन सुविधाले जोडिएका थिएनन् । चितवनबाट हेटौंडा हुँदै बसमा काठमाडौं आउनु पर्दथ्यो, कि त हवाई जहाजमा । हेटौंडा हुँदै काठमाडौं आउनु सहज थिएन् । काठमाठौं आई सकेपछि बाआमासँग समाचार आदान प्रदान गर्न पनि सरल थिएन । काठमाडौं आउँदा धेरै पैसा बोकर आउने सम्पति पनि थिएन । घरबाट आउँदा ल्याएको पैसा सकिएपछि पैसाको अभावका बेहोरेका अप्ठयारा दिनहरु अहिले सम्झदा कहाली लाग्छ । पैसाको अभावमा एकछाक मात्र पनि कति रातहरु गुज्रिए । त्यसैवेला गाउँले दाइहरुले राजधानीमा टिक्न र बाँच्नको लागिकाम खोज्न सल्लाह दिए । गाउँबाट आएको सोझो केटा मलाई जागिर खोज्न सजिलो थिएन् । मैले कुनै ठुलो मान्छेलाई चिनेको पनि थिईन् । “जीवनमा प्रयासबाट परिणाम आएन भनेर हरेश खान हुदैन् छोरा,” बाको आर्शिवचन मेरो कानमा गुन्जिरहन्थ्यो। म निरन्तर जागिरको खोजमा लागि रहेँ । विभिन्न संस्थानका ढोका ढोका चहारेँ ।

हरेक दिन कार्यालयहरुमा जागिर पाईन्छ की भन्दै हिड्ने मेरो दैनिकी नै बनेको थियो । राष्ट्रिय कम्प्युटर केन्द्रका कार्यकारी प्रमुखले एकदिन भेट्न दिए । पानी चिया विस्कुट खुबाए । र भने जागीर खुबाउने काम हाम्रा लागि पनि कठिन काम हो । तपाईलाई केही थाहा भए भन्नुहोला “मेरा आफन्तहरुलाई पनि जागिरमा लगाउनुछ” । उनको कुरा र चिप्लो व्यवहार देखेर हस् †भन्दै खाँदा खाँदैको चिया बिस्कुट छोडेर म हिडँे । मलाई आफुप्रति थोरै दया लाग्यो । हरेक दिन जागिर खोज्दै हिडदा वेलुका त म थकाईले लखतरान हुन्थेँ । भात पकाउन जागर हुँदैनथ्यो । अनि च्यूरा चपाएर सुत्दथेँ । आत्मग्लानीले रातभरी टोक्दथ्यो, थाके पनि निदाउन सके पो । अनि भन्थे “भोलीदेखि जागिर खोज्न हिड्ने काम बन्द ।” तर विहान भएपछि, खाली पकेटले आरामगर्न अनुमती दिदैनथ्यो । उही पुनरावृति हुन्थ्यो, निरन्तर ।

म जागिर खोज्न हिडिरहेँ । तर, जागिर पाउन सकिन । बाआमाको काखबाट टाढा बस्नु सजिलो थिएन् । एउटा फायदा भनेको उहाँहरुको कचकच मात्र हो, सुन्नु नपर्ने । तर उहाँहरुको मायाप्रेमको अगाडि शुन्य रहेछन् सबै । मलाई आफनो गाउँ र बाआमाको सम्झनाले भुतुक्क पार्दथ्यो । कति रमाईला थिए, गाउँघरमा बाआमाको काखमा रहँदा । अहिले बाआमाले घरबाट आउँदा दिनु भएको र काठमाडौंमा रहँदा कसैको हातबाट पठाउनु भएको पैसाले महिनासम्म धान्नु कम्ता त गाह्रो थिएन् । जब घरबाट बाले पठाई दिनु भएको पैसा हात पर्दथ्यो त्यो दिन म आफुलाई संसारको सबैभन्दा धनी मान्छे सम्झन्थेँ । तर अफसोच, सबै पैसा त्यहीदिन सकिन्थ्यो, कोठा भाडा, दोकानमा खाएको उधारो तिर्दा तिर्दैमा । जागिर खोज्ने कामले पढन पनि अप्ठेरो हुँदै गयो । विश्वविद्यालय पुगेर क्लास लिन भ्याउँदै, नभ्याउँने ।पढाईमा केन्द्रीत हुन पनि कठिन । तैपनि शनीवार, शनीवार साथीभाइको सहयोगमा अर्थशास्त्रका नोटहरु सबै कपि गर्दथेँ । म उनीहरुको आजसम्म पनि ऋणी छु । एकदिनको कुरा हो म सडकबाट हिड्दै थिएँ ।

एउटा अफिस अगाडि मान्छेहरुको भीडदेखेँ । म जस्तै केटाकेटी उभिएको देख्दा लाग्यो त्यहाँ जागिर बाँडिरहेको होला । म हतार हतार उतै सोझिएँ । त्यो अफिस कुनै नभएर लोक सेवा आयोगको कार्यालय रहेछ । भीडमा उभिएका केटाहरुलाई मैले सोधेँ “किन भीड भएको हो ?” एउटा केटाले उत्तर दियो लोक सेवा आयोगले भरखर शाखा अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको रहेछ, त्यै हेर्ने भीड हो । पास हुने केटाहरुको मुहारमा चमक थियो, सरकारी जागिर पाएको खुसीमा । लोक सेवा आयोग अगाडिको भीड र पास हुने केटाहरुको अनुहारमा देखिएको चमकले मेरो मनमा आशा जगायो । उत्प्रेरणा आयो ।यहाँ देखिने केटाहरु सबै मेरै शैक्षिक पृष्ठभूमिका र उस्तै उमेरका थिए । यदी म जस्तै पढेका विद्यार्थीहरुले लोक सेवा आयोगका परीक्षाहरु पास गर्न सक्दछन् भने मैले किन सक्दिन ? लोक सेवा आयोगको शाखा अधिकृतको परीक्षा पास गर्ने अठोट मेरो मनमा पलायो ।

म लोक सेवा आयोगको बारेमा जान्न उत्सुक भएँ । लोक सेवा आयोग एक संवैधानिक आयोग रहेछ । सरकारलाई आवश्यक पर्ने कर्मचारी आपूर्ति गर्न योग्यताको परीक्षाहरु लिई योग्य उम्मेदवार जागिरको लागि सिफरिस गर्ने काम आयोगले गर्ने पनि बुझेँ । लोक सेवा आयोगले मेरिटको आधारमा योग्यता परीक्षण गर्ने कारणपढेलेखेको व्यक्ति पास हुने गर्दा रहेछन् । राणकाल मै रहेछ लोक सेवा आयोग । राणालाईत देशको प्रशासन चलाउन योग्य व्यक्ति चाहिएको रहेछ भने प्रजातान्त्रिक सरकारलाई त नचाहिने कुरै भएन् । यसकारण आयोगलाई संवैधानिक आयोगको रुपमा सम्मान दिईसरकारी सेवाको लागि आवश्यक पर्ने योग्य उम्मेदवार छान्ने जिम्मेवारी पनि दिईएकोरहेछ । यसपछि हरेक हप्ता म लोक सेवा आयोग जाने आयोगका भित्ताहरुमा टाँसिएका परीक्षा सम्बन्धी विज्ञापनहरु हेर्ने आउने गर्न थाले ।

एउटा पानासोनिक रेडियो किनेर समाचार तथा हरेक बुधवार रातीको नौ बजे आउने आयोगका सूचनाहरु सुन्न थालेँ । लोक सेवा आयोगबाट शाखा अधिकृत पदका लागि लिईने परीक्षाको कोर्ष आयोगको लाईव्रेरीमा बसेर वुलेटिनबाट सारे । कोर्षको अगाडि राखेर पढन थालेँ । शाखा अधिकृत पदका साथै सार्वजनिक संस्थानहरुका परीक्षाका लागि पनि एकैसाथ पढन थालेँ । संस्थानहरुसँग सम्बन्धित ऐन कानून पढन कानून पुस्तकालय जान्थेँ । समय समयमा अमेरिकन, बृटिस, ईण्डियन त्रिभूवन विश्वविद्यालयका पुस्तकालयहरु गएर पढन थालेँ । टिप्दा टिप्दै सामान्य ज्ञानको त ठेली नै बन्यो । चाहिने किताबहरुपनि किने पढेँ । तिनताका गाईड हँुदैनथे ।  पत्रपत्रिका र किताव पढेर आफै उत्तर लेख्नु पर्दथ्यो ।

आफै प्रश्न बनाउने आफै उत्तर लेख्ने अभ्यास गरेर कपिका पानाहरु भर्न थाले । शाखा अकिृतको विज्ञापन खुल्यो । सँगै अन्य संस्थानहरुको पनि अधिकृत पदका विज्ञापनहरु पनि भए । खुलेका विज्ञापन मेरो तयारीको अग्नि परीक्षा थियो । अत्यन्त शान्त मुडमा परीक्षा दिन गएँ । आप्mनो तयारीप्रति म पूर्ण सन्तुष्ट थिएँ । आत्मविश्वासी भएर लेख्न बसेँ । तर, प्रश्न हेर्दा जानकारी भयो मेरो पढाई त छेऊ पनि पुगेको रहेनछ । तैपनि जति लेखे त्यो सही उत्तर लेखेकोमा म खुसी थिएँ । रिजल्ट हुँदा खुसीको सीमा रहेन्। म लोक सेवा आयोग लगायत नेपाल राष्ट्रबैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय समाचार समिति र कृषि विकास बैंकका लिखित परीक्षामा उस्तै उस्तै समयमा पास भए । लोक सेवा आयोगको निष्पक्षताले मैले नेपाल सरकारको जागिरमा प्रवेश गर्न सके । अवकाश हुनु पूर्व आयोगमा पनि काम गर्न पाएँ ।

जय होस, लोक सेवा आयोग । लोक सेवा आयोगको निष्पक्षताको प्रणाली एक दिन एक वर्षमा बनेको होईन् । आयोगमा काम गर्ने कर्मचारीहरुको एउटा एउटा विचारको जोड र ईमान्दार योगदानले बनेको हो । आयोगको आफनै कार्य तालिका हुन्छ । कार्य तालिका अनुसार काम गर्नु नै आयोगको सफलता र विश्वासको कडि हो । प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण, अन्तरवार्ता, ईन्ट्रे परीक्षण र नतिजा प्रकाशन सम्बन्धमा आयोगले आँफनैढंगले विशेषज्ञता हासिल गरेकोछ । लोक सेवा आयोगबाट हामी दक्षिण अफ्रिकाको लोक सेवा आयोगको अध्ययन भ्रमण गएका थियौं । त्यसवेला हामीले हाम्रो परीक्षा प्रणालीको विशिष्टता जानकारी पाँउदा त्यहाँका अध्यक्ष छक्क परेको म आज पनि सम्झन्छु ।लोक सेवा आयोगको स्थापित प्रणाली कसैले बिर्गाछु भन्दा पनि बिर्गान सक्दैन् । आयोगको पदाधिकारी वा कर्मचारी भएर कामगर्दा उस्ले आयोगको सिष्टम विगा¥यो भने ऊ देशद्रोही जनद्रोही अपराधी ठर्हछ । आयोगको निष्पक्षता, मेरिट र प्रतिस्पर्धाका कारण हरेक परीक्षार्थी परीक्षामा सफल हुनको लागि पढने लेख्ने गर्न स्वतः उत्प्रेरित हुन्छ । उसलाई कसेैले उत्पे्ररित गरिरहनु पर्दैन् ।

आयोगको ईमान्दारीता, निष्पक्षता र गुणमा आधारित परीक्षा हुने कारण आयोगका परीक्षामा कसैलाई पास र फेल गर्न भनेर राजनीतिक दवाव पनि आउँदैन । र परीक्षार्थीले परीक्षामा असफल भए पनि आफनो तयारी नपुगेर परीक्षा बिग्रिएको होला भन्ने विश्वास गर्दछ । आयोगले धाँधली ग¥यो भन्ने आरोप लगाउँदैन् । यही आयोगले बर्षौ लगाएर कमाएको विश्वास, आस्था र सम्मान हो । आयोगको आप्mनै स्थापित कार्यपद्धति छ भनेर आयोग चुप रहने वेला छैन् । आयोगले आफ्नो परीक्षा प्रणालीलाई निरन्तर सुधार गर्नु पर्ने हुन्छ । तर “डोमिनो प्रभाव” को ख्याल राख्दै । गुणस्तरीयता र गोप्यताको सन्तुलन मिलाउन ज्यादै नै संवेदनशील हुन जरुरी छ । आयोगले आन्तरिकरुपमा कर्मचारी प्रशासन, शाखा वितरण र कार्यप्रगतिमा पनि ध्यान केन्द्रीत गर्नु पर्ने देखिन्छ । साथै, सूचना सञ्चार प्रविधिको प्रयोगमा पनि बढी संवेदनशील हुन जरुरी छ । आयोगले कमाएको विश्वास, कार्य प्रणाली र कार्य संस्कृति प्रदेश लोक सेवा आयोगहरुमा पनि स्थानान्तरण भएर गएकोछ ।

प्रदेश लोक सेवा आयोगहरुको चिन्ता चासो र सक्रियताले त्यही भन्छ । प्रदेश लोक सेवा आयोगमा कार्य प्रणाली, कार्य संस्कृति हस्तान्तरणमा पहिले लोक सेवा आयोगमा काम गरेका कर्मचारीहरुको ईमान्दारीपूर्वक अमुल्य योगदान रहेकोछ । ती कर्मचारीहरुलाई पनि साधुवाद । आयोग नहुँदो हो त स्पोईल प्रणालीको वोलवाला हुन्थ्यो । राजनीतिक पहुँच भएका धनीमानी सभ्रान्त वर्गका व्यक्तिका छोराछोरीहरु मात्र सरकारी सेवामा प्रवेश गर्दथे । लोक सेवा आयोग मेरिट प्रणालीको पर्याय हो । गरिब, आबाजविहिन असहायहरुको भरोशाको केन्द्र हो ।

लोक सेवा आयोग नभएको भए म निजामती कर्मचारी बन्न कहिल्यै पनि सक्दैनथेँ । लोक सेवा आयोग भएकाले मैले सरकार र जनताको सेवागर्ने अवसर पाएँ । लोक सेवा आयोग रहेसम्म सरकारी जागिर खान कसैले पनि कसैलाई भनसुन गर्नु पर्दैन् । निजामती सेवा लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र वल, सार्वजनिक संस्थानहरुका लागि आवश्यक पर्ने जनशक्तिको लिखित योग्यताको परीक्षण पनि आयोगले गर्ने भएकाले निजामती सेवा लगायत सबै सेवामा अभूतपूर्व रुपमा विकेन्द्रीतरुपमा देशको कुनाकुनाबाट युवाहरुको प्रवेश बढेकोछ । युवाहरुलाई मेरो सल्लाह छ “ईमान्दार मेहनत गरेर पढनुस् लेख्नुस् सरकारी जागिर तपाई कै हातमा छ ।” लोक सेवा आयोग तपाईको साथमा छ । जय लोक सेवा आयोग । जय प्रदेश लोक सेवा आयोग ।

यसमा तपाइको मत

Your email address will not be published.


*