पर्यटन प्रवद्र्धन गर्न थाहानगरमा फिल्म महोत्सब हुने

हेटौंडा-मकवानपरको थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब आयोजना हुने भएको छ । आगामी मंसिर ९ देखि १५ गतेसम्म एकहप्ते फिल्म महोत्सब आयोजना हुने भएका हो ।शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले पर्यटन प्रवद्र्धन गर्नका लागि फिल्म महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । महोत्सवमा नेपालका चर्चित कलाकार निर्माता निर्देशकहरुको पनि सहभागिता रहने उननले बताए ।
थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा आयोजना हुने महोत्सवमा शन्देशमूलक चलचित्रहरु प्रर्दशन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरुका बारेमा जानकारी गराउने जोशीले बताए ।कार्यक्रममा थाहानगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीरहरु कार्यक्रमस्थलमा राखी अवलोकन गराउने, थाहानगरका पर्यटन स्थलका बारेमा छलफल अन्तरक्रिया गरी थाहानगरलाई चलचित्रको छायाँकनको हब बनाउने मुख्य उद्धेश्य रहेको थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए ।
महोत्सव आयोजनाका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा थाहा नगरपालिका–३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, थाहा नगरपालिकाका रोजगार शाखाप्रमुख कुमार नेगी, प्रेससंयोजक शम्भु अधिकारीलगायत संचारकर्मीको सहभागिता रहेको थियो ।