कुलेखानी जलाधार क्षेत्रमा ३० वर्षपछि बिजुली

साझाकुरा
२०८० आश्विन ७, आईतवार ०९:०२

हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा पर्ने कुलेखानी जलाशयको जलाधारमा क्षेत्रमा ३० वर्षपछि बिजुली बत्ति बलेको छ कुलेखानी जलाधार क्षेत्रमा पर्ने थाहा नगरपालिका वडा नम्बर–३, स्थित प्यान्टेडाँडा, विष्णुढुंगा, झाँक्रीखोरिया तथा कर्मीखोरियाका जनताले हालसम्म बिजुली बत्ति बाल्न पाएका थिएनन् । बिजुली मुनीको उज्यालोमा बस्ने सपना देखेका यस क्षेत्रका बासिन्दाले वर्षौपछिको पर्खाई पश्चात हाल घरमा बत्ति बाल्न पाएका हुन् ।

‘थाहा नगरपालिका वडा नम्बर–३, स्थित प्यान्टेडाँडा, विष्णुढुंगा, झाँक्रीखोरिया तथा कर्मीखोरियाका जनताले यतिका वर्षसम्म बिजुली बत्ति बाल्न नपाएकोमा अब घरमा उज्यालो आएको छ ।’, उत्तरी क्षेत्रका साहित्यकार बिर्खे अञ्जानले भने । उनकाअनुसार ३० वर्षपछि यहाँ बत्ति बाल्न प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले पहल गरेका हुन् ।

यसअघि बस्तीमा बत्ति बाल्ने प्रयास धेरैपटक गरेको तर, कतैबाट पनि सुनावाई नभएपछि अँध्यारोमै बस्न स्थानीय विवश रहेको अञ्जानले सुनाए । ‘अहिले यो स्थानमा सांसद बर्ताैलाको पहल तथा स्थानीय सरोकारवालाको जनश्रमदानबाट बत्ती बल्न सफल भएको हो ।’, उनले भने । ‘जनतासँग गुनासो’ एक अभियानको नेतृत्व गर्दै थाहानगर आइपुगेका सांसद बर्तौलासँग स्थानीय पीडितले दुई साता पहिले आफ्नो व्यथा पोखेका थिए । आफू यो काममा लाग्ने र सकेको पहल गर्ने जनाएका बर्तौलाको प्रत्यक्ष निगरानीमा काम सम्पन्न भएको अञ्जान बताउँछन् ।

थाहा नगरपालिको कार्यालय रहेकै वडाभित्र पनि टुकीको साहारामा बस्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीय जनताले खुशी मनाएका छन् । गतवर्ष विद्युत प्राधिकरण पालुङ शाखाले लाइन बिस्तार गर्ने भनेर योजना सार्वजनिक गरे तापनि हालसम्म काम अघि नबढेको जनाइएको छ । थाहानगरमा मात्र होइन, जिल्ला सदमुकाम हेटौंडाभित्रै ५ प्रतिशत तथा कैलाश, इन्द्रसरोबर, बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोबर, मनहरी गाउँपालिकाको सबै घरमा बत्ति बल्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*