मकवानपुरमा चार महिनाभित्र ७६० डेंगु संक्रमित

साझाकुरा
२०८० मंसिर ५, मंगलवार ११:४५

हेटौंडा- मकवानपुरमा साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा डेंगुबाट संक्रमित हुनेको संख्या साढे ७ सय कटेको छ । साउन र भदौमा बढी संक्रमित फेला परेका थिए ।असोज र कात्तिकमा डेंगु संक्रमित निरन्तर घट्दो क्रममा थिए । गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको संख्या ७ सय ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये जिल्लामा ३ सय ८८ जना पुरुषलाई डेंगु संक्रमण हुदाँ ३ सय ७२ जना महिलामा संक्रमण भएको छ । जिल्लाका डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिमा ५ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी थाहा नगरपालिकामा ३ जनामा, मकवानपुरगढी गाउँपालिकामा २० जनामा, बागमती गाउँपालिकामा २४ जनामा, मनहरी गाउँपालिकामा ६८ जनामा, इन्द्रसरोवर गाउँपालिकामा ४ जनामा, भीमफेदी गाउँपालिकामा ३७ जनामा, बकैया गाउँपालिकामा २५ जनामा र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ । मकवानपुरमा यो अवधीमा अन्य जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म मकवानपुरमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*