आइचरको रिसेल मेला सुरु

साझाकुरा
२०८० पुष ९, सोमबार १२:२१

हेटौंडा-भारतीय कम्पनी आइचरको रिसेल मेला हेटौंडामा सुरु भएको छ । बतास एमए डब्लु कमर्सियल भेइकल प्रालिले आफ्ना ग्राहक लक्षित गर्दै हेटौंडामा रिसेल मेलाको आयोजना गरेको हो ।बतास एमए डब्लु कमर्सियल भेइकल प्रालि नेपालका लागि आइचर कमर्सियल भेइकलको एकमात्र आधिकारिक वितरक हो । मेला औपचारिकरुपमा आइतबाटबाट सुरु भएको हो । नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, प्रालिका पूर्व एरिया प्रमुख विजय पुडासैनी र प्रालिकै रिसेल प्रमुख परीक्षण धिमालले संयुक्तरुपमा मेलाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले आइचर ट्रकको विशेषतालाई ग्राहकले रुचाएको बताउँदै विशेष माइलेज र पावर उत्कृष्ट रहेको जानकारी दिए । यस्ता मेलाले मध्यमवर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भइ आत्मनिर्भर हुनसक्ने श्रेष्ठले बताए । उनका अनुसार चालकलाई लक्षित गरी २५ लाखको आकस्मिक थप उर्जा दिइनेछ । कार्यक्रम आइतबार ८ पुसबाट १० गतेसम्म संचालन हुनेछ । ‘प्रालिले ग्राहकको आवश्यकता महसुस गर्दै यस्ता कार्यक्रम समयसमयमा गर्ने गरेको छ’ पूर्व एरिया प्रमुख पुडासैनीले भने ‘जसका कारण नेपाल सहित विश्वबजारमा आइचर ग्राहकको रोजाइमा पर्ने गरेको हो ।’

यसअघि आइचरले ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको उनले बताए । क्यासलेस योजनामार्फत् दुर्घटना भएको अवस्थामा आइचर मोटरका खरिदकर्ताले बतास एमएडब्लु आधिकारिक सर्मिस सेन्टरमा पुगेर गाडी मर्मत वा बीमा रकम दावी गर्न सक्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*