कृष्ण आदर्शमा नेपाल आईडलको अडिसन

साझाकुरा
२०८० पुष १९, बिहीबार १०:२२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–९, स्थित कृष्ण आदर्श ईङसलिस बोर्डिङ स्कुलमा नेपाल आइडलको पाँचौ सिजनको हेटौंडा अडिसन हुने भएको छ ।नेपाल आइडलको अडिसन २१ पुसदेखि झापाबाट सुरु हुँदैछ । आइडलको सिजन ५ को अडिसन हेटौंडामा माघको २ गते हुने तय भएको छ । माघ २ गते हेटौंडा–९, स्थित कृष्ण आदर्श बोर्डिङ स्कुलमा अडिसन कार्यक्रम आयोजना हुने भएको हो । नेपाल आइडल सिजन–५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेटफर्म हो । नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् । यसअघि पनि आइडलको अडिसन हेटौंडामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*