हेटौंडामा ‘काँडेतार’को विशेष प्रदर्शनको तयारी

साझाकुरा
२०८० पुष २५, बुधबार १२:२१

हेटौंडा-हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष प्रदर्शन हुने भएको छ । सामना फिल्मस् प्रालिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुन लागेको हो ।मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक नवल खड्काले खुलासीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागिएको बताए । देशको माटो र नेपाली मान्छे जोगाउनु पर्छ भन्ने भाव चलचित्रमा रहेको भन्दै खुल्लासीमानाका कारण निम्त्याइएको समस्या चलचित्रको कथासार रहेको निर्देशक खड्काले बताए । देशको ६० भन्दा बढी शो प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुने खड्काले बताए ।

च्यारेटी शो भने आगामी पुस २७ गते नारायणी मलस्थित एनएस सिनेमा हलमा दिउँसोको शोमा काँडेतार प्रदर्शन गरिने निर्देशक खड्काले बताएका छन् । नेपाल भारतको सीमा विवाद, सीमामा हुने झैझगडाको विषयमा चलचित्र निर्माण गरिएको बताउँदै चलचित्रलाई सत्यकला राई, मकिको राई र अञ्जु केसी निर्माताको रुपमा रहेका जनाइएको छ । चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुरलीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारको अभिनय रहेको चलचित्रलाई नवल खड्काको कथा तथा निर्देशन रहेको छ ।

कविराज गहतराजको नृत्यनिर्देशन, श्री श्रेष्ठको द्वन्द्व, तारा थापा (किम्भे) र बन्देप्रसादको सम्पादन रहेको चलचित्रलाई सौरव लामाले खिचेका हुन् । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपील खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्तकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*