प्रेस चौतारीको कार्यालय स्थापना

साझाकुरा
२०८० माघ ७, आईतवार १०:५९

हेटौंडा- मकवानपुरको हेटौंडामा प्रेस चौतारी नेपाल मकवानपुर शाखाको कार्यालय स्थापना गरिएको छ । शनिबार चौतारी मकवानपुरको कार्यालय उद्घाटन गरिएको हो ।हेटौंडा–४, स्थित भैरवरोडमा स्थापना गरिएको चौतारीको कार्यालय शनिबार प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उद्घाटन् गरेका हुन् । मकवानपुरमा क्रियाशील पत्रकारहरुले प्रेस चौतारीको कार्यालयबाटै समाचार लेखनको काम गर्न सकिने लामाले बताए । प्रेस चौतारीका केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज बिष्णु तारुकेले कार्यालय स्थापना गरेर चौतारी मकवानपुरले छरिएर रहेका पत्रकारलाई एकताबद्ध ढंगले काम गर्न सहज पुग्ने बताए ।

प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, चौतारीका बागमती प्रदेश महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धु्रब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापालगायतको उपस्थिति रहेको थियो ।यसैगरी चौतारी मकवानपुरको आयोजना गरेको ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’को चुनौती र सम्भावना विषयक दुइदिने कार्यशाला शनिबार समापन गरिएको छ । समापनमा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात पूर्वमन्त्री एकालाल श्रेष्ठले दुइदिन कार्यशाला निकै फलदायी रहेको बताए । अबको युग डिजिटल भएकाले यसलाई आत्मसात गर्दै पत्रकारले क्षमता समेत विकास गर्दै लानुपर्ने उनले बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव लामा, सचिव तथा बागमती प्रदेश इन्चार्ज तारुके, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हुमागाई, चौतारीका बागमती प्रदेशका महासचिव दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, महासंघ मकवानपुरका उपाध्यक्ष अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, सञ्चारीका समूह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अन्जली थापा लगायतको आतिथ्यता थियो ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)