एम्बुलेन्स चालकलाई जलनको प्राथमिक उपचार तालिम

साझाकुरा
२०८० माघ १२, शुक्रबार १०:२८

हेटौंडा- मकवानपुरमा रहेका एम्बुलेन्स चालकलाई जलनको प्राथमिक उपचारसम्बन्धी एकदिने उपचार तालिम प्रदान गरिएको छ ।रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजना तथा कीर्तिपुर अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा तालिम संचालन गरिएको हो । रोटरी क्लब अफ मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एम्बुलेन्स इकाई कमिटी, हेटौंडा मकवानपुरको सहयोगमा भएको तालिम कार्यक्रममा १५ जना एम्बुलेन्स चालकको उपस्थिति रहेको थियो ।

तालिम सहजकर्ता तथा प्रशिक्षक कीर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेज डाक्टर हेमन्तध्वज जोशी र डाक्टर कैलाश खाकी श्रेष्ठले आगोले पोल्ने समस्याबारे रोकथाम, आगोले पोलेमा गरिने प्राथमिक उपचार र बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।पोलेका घाउको समस्या हुँदा धेरै महँगो उपचार, लामो समय अस्पतालमा भर्ना भएर बस्नु पर्ने, ज्यान समेत जान सक्ने र मृत्यु भएन भने पनि अ·भ· र कुरुप हुने जस्ता समस्या हुने उनले बताए । प्रत्येक वर्ष जलनको बिरामी बढ्दै गएको र नेपालमा आगोले पोलेको समस्याको ५६ हजार बिरामी रहेको र २२ सयको मृत्युनै हुने गरेको डाक्टर जोशीले बताए ।

रोट्र्याक्ट क्लब मकवानपुरका अध्यक्ष राजन कटुवालको सभाअध्यक्षतामा भएको कार्यक्रममा कीर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेजर डाक्टर हेमन्तध्वज जोशी, डाक्टर कैलाश खाकी श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका सचिव मनोज ढोडारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स इकाई कमिटी हेटौंडाका अध्यक्ष जनार्दन नेपाल लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*