शिक्षक दौडमा चौलागाईं, स्लो स्कुटीमा थिङ प्रथम

साझाकुरा
२०८० माघ १६, मंगलवार ११:५२

हेटौंडा- हेटौंडामा सोमबार शिक्षक दौडतथा महिला शिक्षक स्लो स्कुटी प्रतियोगिता भएको छ । सहिद सप्ताह अन्तरगत हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता भएकोहो ।पुरुष शिक्षक दौडमा मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयका मुकेश चौलागाई प्रथम, भानु माविकै दुर्लभकुमार दुलाल द्वितीय भएकाछन् । यसैगरी, हेटौंडा–४ मारहेको नवोदय शिशुसदनका राम कंशाकार तृतीय हुँदा मकवानपुरगढीको शारदा माविका दिनेश सुवेदी चौथो स्थानमा रहे । नवोदय शिशुसदनका अविरल शाक्यले सान्त्वना पुरस्कार प्राप्त गरे ।

स्लो स्कुटी प्रधिस्पर्धामा हेटौंडा–१४ स्थित भृकुटी माविकी सिर्जना थिङ प्रथम, हेटौंडा–४ स्थित ब्रह्मदिक एकेडेमीकी सुजिता बोम्जन द्वितीय र ब्रह्मदिककै मुना लामा तृतीय भए । पुरुष शिक्षक दौडमा ३४ जनाको सहभागिता रहेको थियो भने महिला शिक्षक स्लो स्कुटी प्रतियोगितामा ४० जनाको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए ।

प्रतियोगितामा पुरुष शिक्षकतर्फ दौडमा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार, चौथो हुनेले २ हजार र सान्त्वना हुनेले १ हजार प्राप्त गरे । यस्तै महिला शिक्षकतर्फ स्लो स्कुटी प्रतियोगितामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गरे ।दौड प्रतियोगिता ४ नम्बर वडा कार्यालयबाट सुरु भई शितलमहल चोक, ओमभवनचोक, भैरवरोड, मिलनचोक हुँदै ४ नम्बर वडा कार्यालयमै आइपुगेको थियोे ।

स्लो स्कुटी प्रतियोगिता भने हुप्रचौरमा भएको थियो । शिक्षक संगठन अध्यक्ष दाहालको सभाध्यक्षता तथा युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यमा रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*