सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित

साझाकुरा
२०८१ बैशाख २०, बिहीबार ०९:२१

हेटौंडा- स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई सम्मान गरेको छ ।सिस्नुपानीले दाङका उत्तमकृष्ण मजगैया र र मोरङका अनिल पौडेललाई सम्मान गरेको हो । सिस्नुपानी नेपाल मकवानपुरका पूर्वअध्यक्ष डा.गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको नगद राशी २५ हजारको हास्यव्यंग्य साहित्य सम्मान २०८० बाट मजगैयालाई सम्मान गरिएको हो ।

बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजालले स्थापना गरेको १५ हजार नगद राशकिो हास्यव्यंग्य सम्मान २०८० मोरङका अनिल पौडेललाई प्रदान गरिएको छ । पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरुलाई सिस्नुपानी नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण गाम्नागे लगाएतका अतिथिहरुले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।संस्थाका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष ह्यग्रिव आचार्य, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*