युवालाई उत्पादनसँगै रोजगारीमा जोड्न सकिएको छैनः मन्त्री श्रेष्ठ

साझाकुरा
२०८१ जेष्ठ २९, मंगलवार १२:३९

हेटौंडा-बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले नेपाल युवाले भरिएको देश भएपनि युवालाई उत्पादन र रोजगारीसँग जोड्न नसकिएको बताएका छन् ।यसले नेपालको हितमा नकरात्मक असर परेको उनको तर्क छ । आईतबार स्वास्थ्य मन्त्रालयमा कर्मचारी र बागमती प्रदेशका स्वास्थ्यमन्त्रीबीच भएको बैठकमा उनले भने–‘युवालाई उत्पादनसँग कसरी जोड्न सकिन्छ ? भन्ने जुन नीति सरकारले ल्याउन गइरहेको छ त्यसलाई सम्बोधन गर्न सकियोस् ।

’ पछिल्लो समयमा देखिएको बढ्दो सहरीकरण जस्ता कारण गाउँघर खाली हुने तथा बढ्दो सहरीकरणले घरवारविहीन भई सडकको बास हुने जस्ता समस्याको अध्ययन गरी प्रदेशले विकास र उत्पादनसँंग जोड्ने खालको रणनीति बनाउन लागेको जानकारी गराए ।बढ्दो सहरीकरणलाई रोकी गाउँमै उत्पादनसँग युवालाई जोड्ने नीति बनाइने मन्त्री श्रेष्ठले बताए । साथै गाउ विकास लक्ष्यसम्म पु¥याउनका लागि प्रदेश सरकार, संघीय सरकार लागिपरेको समेत उनले बताए । घरवारविहिन जनसङ्ख्या, बाह्य वसाइसराई र यसको असर, जनसाङ्ख्यिक लाभलाई विकास र उत्पादनसँग जोड्न सक्ने नीति बनाउन पर्ने बताए । साथै उनले मानिसको संस्कृति एवम् सामाजिक मूल्यमान्यतालाई उच्चकदर गर्ने कुरा पनि नीतिमा ल्याउन पर्नेमा जोड दिए ।

बैठकमा विद्यमान समस्या, चुनौती र अवसरको विषयमा छलफल हुनुका साथै अव्यवस्थित आन्तरिक बसाईसराई, जनसंख्याको असमान भौगोलिक वितरण, बढ्दो जनसंख्याबृद्धिदर, बढ्दो बृद्ध जनसंख्या, तुलनात्मक रुपमा कम औषत आयु आदि समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ ? भन्ने विषयमा गहनरुपमा छलफल भएको थियो । बैठकमा स्वास्थ्य मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सागरप्रसाद घिमिरेले उद्देश्यमाथि प्रकाश पारेका थिए ।

विश्व स्वास्थ्य संगठनका प्रदेश स्वास्थ्य अधिकृत हरि भुषालले प्रस्तावित जनसंख्या नीतिको ढाँचा, औचित्य, प्रदेशको जनसंख्यासम्वन्धी तथ्यांक सहित प्रस्तावित १७ बुँदे जनसंख्या नीति प्रस्तुत गरेका थिए । नीतिमाथि विभिन्न मन्त्रालयका प्रतिनिधि, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनका जनसंख्या संकायका प्राध्यापक, हेटौैंडा क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसका जनसंख्याका सहप्राध्यापकहरुले सुझाव पेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*