पुनको अभियानमा उपमहानगरको साथ, पाँच लाखका पुस्तक खरिद

साझाकुरा
२०८१ भाद्र ७, शुक्रबार ११:५०

हेटौंडा, ६ भदौ÷बीरगञ्जमा रहेको कृषिऔजार कारखाना सञ्चालनका लागि बैज्ञानिक महावीर पुनको अभियानमा हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।बिहिवार पुस्तक बिक्री अभियान लिएर हेटौंडा उपमहानगरपालिका आइपुगेका पुनको अभियानमा सहयोग गर्दै ५ लाख रुपैयाँ बराबरको पुस्तक खरिद गर्ने प्रतिबद्धता जनाएको हो । पुस्तक बिक्री अभियानमा २०२ दिनदेखि हिडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री बढिरहेको बताए ।

सुदुरपश्चिम प्रदेशबाट अभियान सञ्चालन गरेका बैज्ञानिक पुनले लुम्बिनी, गण्डकी हुँदै बागमती प्रदेशको चितवन र हेटौंडामा पुस्तक बिक्री गरिरहेका छन् । हेटौंडामा अझै केही दिन बिक्री अभियान सञ्चालन गर्ने सोच रहेको उनले बताए । उपमहानगरको सभाहलमा आयोजना भएको पुनको स्वगतमा नगरप्रमुख मीनाकुमारी लामाले स्वच्छरुपमा सञ्चालन गरिएको अभियानमा उपमहानगरले साथ दिने बताइन् । उनले नगरका बिभिन्न वडा, पुस्तकालय, ज्ञान केन्द्रका लागि खरीद गरेको पुस्तक अध्यनका लागि राख्ने व्यवस्था मिलाउँने बताइन् ।

पुस्तक अभियानमा उपमहानगर आइपुगेको बैज्ञानिक पुनले सरकारले काम लगाएर भुक्तानी नदिएपछि आफैंले कृषिऔजार कारखाना सञ्चालनको तयारी गरेको बताए । उनले
बीरगञ्जमा रहेको कारखानालाई मर्मतको जिम्मेवारी दिएपनि काम पछि भुक्तानीको व्यवस्था नगर्दा आफैं कारखाना सञ्चालनको अभियानमा जोडिएको बताए । उनले भने ‘दिएको जिम्मेवारी अनुसार १ करोड रुपैयाँ खर्च गरेर काम ग¥यौं, भुक्तानीको समयमा समस्या भयो,सरकारले पैसा दिने सम्भावना नदेखेपछि कारखाना सञ्चालनको तयारी अघि बढायौं ।’

उनले अहिले साना किसिमका औजारको उत्पादन थालिएको बताए । आउँदो ६ महिनाभित्र बजारमा जाने गरी ८÷९ वटा कृषिऔजारको उत्पादन गर्न बैज्ञानिक ढंगबाट अनुसन्धान गरिरहेको जानकारी दिए । चिन र भारतबाट आउँने औजारको मात्रालाइ केही प्रतिशत रोक्नसके मुलुकलाई आर्थिक भार नपर्ने गरी कामलाई अघि बढाइएको बैज्ञानिक पुनले जानकारी दिए ।

देशभर पुस्तक बिक्री अभियानमा रहेका उनले अहिलेसम्म १ लाख २५ हजार पुस्तक बिक्री भइसकेको बताए । जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरीद गरेपनि कारखाना सञ्चालनका लागि २० करोड रुपैयाँ संकलन गर्न सकिने उनको आंकलन थियो । २०४९ सालबाट बन्द रहेको कारखाना सञ्चालनका लागि पुनकै नेतृत्वमा मर्मत गरिएको थियो । कारखाना सञ्चालनपछि ४ सय जना नागरीकले प्रत्यक्ष रोजगारी पाउँने बताइएको छ ।

उपमहानगरमा आएका बैज्ञानिक पुनलाई नगरउपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले स्वागत गर्दै नगरले अभियानमा साथ दिर्दै पुस्तक खरीद गर्ने बताए । राष्ट्रका लागि सञ्चालन गरिएको अभियानलाई सबैले सहयोग गर्नुपर्ने भन्दै उपमहानगर पनि साथ दिन तयार रहेको जानकारी दिए । कारखानाबाट उत्पादन भएको कृषिऔजारले मुलुकको कृषिक्रान्तिमा नयाँ आयाम थप्ने बिश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*