परीक्षा पास भएकालाई हेटौंडा अस्पतालले दिएन नियुक्तिः मुख्यमन्त्री कार्यालयमै भयो नाराबाजी

साझाकुरा
२०८१ भाद्र १२, बुधबार १२:४२

हेटौंडा- कर्मचारी पदपूर्तिका लागि लिएको परीक्षामा पास भएकाहरूलाई हेटौंडा अस्पतालले नियुक्ती नदिएपछि मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरेका छन् । परीक्षापश्चात् साउन ३१ गते अन्तरवार्ता गरी परीक्षाफल प्रकाशन गरिएकोमा उत्तीर्ण भएकाहरूलाई अहिलेसम्म नियुक्ती दिइएको छैन ।कर्मचारीको माग गर्दै साउन १ गते १५ दिनको सूचना प्रकाशन भएको थियो । सोही अनुसार सबै प्रक्रिया पूरा गरी परीक्षाफल नै प्रकाशित हुँदा पनि कर्मचारीलाई नियुक्ती नदिइएको हो । कर्मचारीलाई नियुक्ती दिनुको साटो अस्पतालका निमित्त निर्देशक डा.रामचन्द्र सापकोटाले भदौ ५ गते सूचना प्रकाशन गर्दै हाललाई नियुक्ती प्रक्रिया स्थगित गरिएको जानकारी गराएका थिए ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयबाट कर्मचारी नियुक्तिको क्रममा भएको अन्तरवार्तामाथि छानबिनका लागि समिति गठन भएकोले नियुक्ती प्रक्रिया स्थगित गरिएको सूचनामा उल्लेख छ । स्वास्थ्य मन्त्रालयबाट प्राप्त पत्र अनुसार छानबिन समितिबाट प्रतिवेदन प्राप्त नहुञ्जलसम्मका लागि नियुक्ती प्रक्रिया स्थगित गरिएको निमित्त निर्देशक सापकोटाले बताए ।स्वास्थ्य मन्त्रालयबाट नियुक्ती गर्नू भन्ने पत्र प्राप्त हुने बित्तिकै प्रक्रिया अघि बढ्ने उनको भनाई रहेको छ । परीक्षामा उत्तीर्ण भएका कर्मचारीलाई नियुक्ती गर्ने विषयमा अनावश्यक राजनीति गरिएको भन्दै नेपाली कांग्रेस निकटको युवा दस्ता नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिले अल्टिमेटमसहित ध्यानाकर्षण जनाउँदै आएको छ । तरुणका उपमहानगर अध्यक्ष सुनिल गिरी नेतृत्वको टिमले हेटौंडा अस्पताल प्रशासन र बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर तत्काल कर्मचारी नियुक्ती गर्न माग गरेको छ ।

परीक्षामा उत्तीर्ण भएका कर्मचारीमाथि अनावश्यक राजनीति गरिएमा अस्पताल र मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने सम्मको चेतावनी दिइएको छ । ‘परीक्षामा पास भएकाहरूलाई यथाशीघ्र नियुक्ती दिनुप¥यो भन्ने हाम्रो माग हो’, तरुण अध्यक्ष गिरीले भने, ‘कर्मचारी नियुक्तिको विषयमा अनावश्यक राजनीति स्वीकार्य छैन । नियुक्ती दिइएन भने हामी तालाबन्दी गर्न बाध्य हुनेछौँ ।’ कांग्रेस उपमहानगर सभापति उत्सव ईटेनीले हेटौंडा अस्पताल केही व्यक्तिको राजनीति गर्ने अखडा बनेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । अस्पतालले १४३ विभिन्न पदका लागि दरखास्त आव्हान गरेको थियो ।

जसमध्ये १३७ जना उत्तीर्ण भएको परीक्षाफल नै प्रकाशन गरेको थियो । हेटौंडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएकोले नियुक्तिमा ढिलाइ भएको प्रतिक्रिया दिने गरेको कर्मचारीको भनाई छ । यता बागमती प्रदेशका मुख्यमन्त्री लामाले बुधवार सम्म नियुक्ती प्रक्रिया टु·िने आश्वासन दिएका छन् । ‘म स्वास्थ्य मन्त्रीसँग यस विषयमा बसेर कुराकानी गर्नेछु’, उनले भने, ‘बुधवार सम्ममा नियुक्तिको विषय टु·ो लाग्नेछ ।’ स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति गर्न नहुने मुख्यमन्त्री लामाको भनाई रहेको थियो ।

अस्पतालले करारमा स्वास्थ्यकर्मी नियुक्ती गर्न प्रकाशन गरेको सूचना अनुसार परीक्षामा नै सहभागी नभएकाहरूलाई काममा लगाउन खोजेको आरोप समेत रहेको छ । यस विषयमा तरुण दलले
निरन्तर खबरदारी गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*