महाकाव्यकार अर्याललाई ‘महालक्ष्मी साहित्य पुरस्कार’

साझाकुरा
२०८१ भाद्र ३१, सोमबार ११:३३

हेटौंडा- मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकको संयुक्त रुपमा प्रदान गरिने महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ ।आइतबार समाज र बैंकले संयुक्त पत्रकार सम्मेलन गर्दै पुरस्कारबारे जानकारी गराएको हो । २०५६ सालमा स्थापना भएको समाजले २०५९ सालमा यती फाइनान्स साहित्य पुरस्कारको स्थापना भएको हो । पछि २०७४ को १५ औँ श्रृंखलादेखि पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हो । यसवर्ष पुरस्कार अर्याललाई प्रदान गरिने समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । पुरस्कारको राशी ५१ हजार रहेको जनाइएको छ ।

त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० बाट हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारका राशी भने नगद १० हजार रहेको अध्यक्ष दाहालले बताए । सोही अवसरमा मकवानपुरश्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई प्रदान गरिने भएको छ ।

सम्मान तथा पुरस्कार समर्पण असोज ५ गते शनिबार हेटौंडामा हुने जनाइएको छ । पत्रकार सम्मेलनमा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, समाजका अध्यक्ष दाहाल, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल, समाजका पदाधिकारी, पत्रकार महासंघका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*