हेटौंडाकी रोमिया डान्स च्याम्पियनको फाइनलमा

साझाकुरा
२०८१ आश्विन ९, बुधबार ०९:४५

हेटौंडा-हेटौंडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाइनलमा पुगेकी छन् । हेटौंडा उपहानगरपालिका–८, श्रमिकटोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाइनल राउण्डमा पुगेकी हुन् ।हेटौंडाको विभिन्न नृत्य प्रतियोगितामा समेत सहभागिता जनाएर नाम कमाएकी उनी डान्स च्याम्पियन सिजन २ को कान्छी प्रतियोगी हुन् ।

११ वर्षीया उनी फाइनलमा पुगेसँगै उनलाई जिताउनका लागि हेटौंडामा अभियान समेत संचालन गरिएको छ । उनलाई इभेन्ट एण्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिनेछ । रोमियासँगै फाइनलमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*