म्याराथनमा सहभागी हुने खेलाडीको बिदाई

साझाकुरा
२०८१ आश्विन ११, शुक्रबार ०८:३३

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै काठमाडौंमा हुने म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरिएको छ ।असोज १२ गते काठमाडौंमा १६ औं एनआरएस स्पोट्स फाउण्डेसनको अयोजनामा हुने राष्ट्रिय म्याराथन सहभागी हुने २० जना खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाले बिदाई गरेको हो । बिहीवार कार्यालयमा आयोजित बिदाई कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले खादा लगाउँदै बिजयी हुन शुभकामना दिएका थिए ।

उपमहानगरका बिभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्येबाट २० जनालाई प्रतियोगितामा प्रतिश्पर्धा गर्नका लागि छनोट गरेको एथ्लेटिक्स संघ मकवानपुरका सचिव राजाराम पोखरेलले जानकारी दिए । बिभिन्न विद्यालयमा अध्ययन गर्ने ४५ विद्यार्थीमध्ये छनोटमा परेकालाई हेटौंडामा तीन महिना क्लोजक्याम्पमा राखेर प्रशिक्षण दिएपश्चात प्रतियोगितामा सहभागी हुनका लागि पठाउन लागिएको हो ।प्रतियोगितामा सहभागी हुने खेलाडीले हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्नेछन् ।

बिदाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिका बिज्ञसल्लाहकार कृष्णप्रसाद धिताल, नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, सदस्य बिजय गौतमको उपस्थिति रहेको थियो । हेटौंडाबाट प्रतियोगितामा सहभागिता जनाउँनका लागि गएका खेलाडीले ३ किलोमिटर र ५ किलोमिटर दौडमा प्रतिश्पर्धा गर्नेछन् । सहभागि हुने खेलाडी हेटौंडाका बिभिन्न विद्यालयमा अध्ययनरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*