मकवानपुरमा बाढीपहिरोले १० जनाको मृत्यु, डेढअर्ब बढीको क्षति

२३ हजार रोपनीको बालीनाली नष्ट, सयौं रोपनी जग्गा बगरमा परिणत
साझाकुरा
२०८१ कार्तिक ७, बुधबार ०९:३८

हेटौंडा- मकवानपुरमा गत असोज १० गतेदेखि १४ गतेसम्म परेको अविकरण वर्षाका कारण आएको बाढीपहिरोले डेढ अर्ब भन्दा बढीको क्षति पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरको विपद् शाखाका अनुसार जिल्लामा बाढीपहिरोले घरटहरा, सडकलगायतका पूर्वाधारमा र खेतबारी कटानसँगै बाली नष्ट गरेको छ । बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख ३५ हजारभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । सबैभन्दा बढी क्षति जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा भएको छ । इन्द्रसरोबरमा पूर्वाधारमा मात्र नभई ठूलो मानवीय क्षतिसमेत पुग्यो ।

इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका ६ बालकको पहिरोले पुरिएर मृत्यु भएको थियो । ६ बालकको मृत्यु भएको घटनाले सिंगो जिल्ला नै स्तब्ध बनेको थियो । बाढीपहिरोमा परेर मकवानपुरमा १० जनाको मृत्यु भएको थियो ।जसमध्ये पहिरोमा परेर ६ जना खेलाडी, मनहरी गाउँपालिकामा बाढीले बगाएर २ जना, मकवानपुरगढीमा एक जना र बागमती गाउँपालिकामा १ जना गरी १० जनाको मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ । बाढीपहिरोमा परेर ६ जना घाइते भएका छन् । थाहा नगरपालिकाका–२, भीमफेदी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकामा एक÷एक जना घाइते भएका थिए ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोले १० पालिकाका १ सय ३० घर पूर्ण क्षति भए । १ सय ८३ घरमा आंशिक क्षति पु¥याएको थियो । सबैभन्दा धेरै इन्द्रसरोवर गाउँपालिकाका ४० घरमा बाढीपहिरोले क्षति पु¥याएको थियो । २३ घरमा आंशिक क्षति पुग्यो ।विपद् व्यवस्थापन समितिको प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरोले बागमती गाउँपालिकाका १८ घर पूर्ण क्षति र २२ घरलाई आंशिक क्षति पु¥याएको छ ।

भीमफेदी गाउँपालिकाका १४, थाहा नगरपालिकाका १३, कैलाश गाउँपालिकाका ११, मनहरीका ११, बकैयाका ११, मकवानपुरगढीका ५, हेटौंडा उपमहानगरपालिकाका ४ र राक्सिराङ गाउँपालिकाका ३ गरी १ सय ३० घरमा पूर्ण क्षति भएको छ ।बाढीपहिरोले मकवानपुरमा ५ वटा पालिकाका १६ वटा झोलुङ्गे पुल बगाएको छ । सबैभन्दा धेरै बागमती गाउँपालिकाका १० वटा पुल बगाएको र बकैयाका चार पुलमा क्षति पु¥याएको थियो ।२३ हजार रोपनीको बालीनाली नष्ट, सयौं रोपनी जग्गा बगर बन्योजिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक तथ्यांकका आधारमा २३ हजार रोपनी जग्गाको बालीनाली नष्ट भएको पाइएको छ ।

बाढीपहिरोले बागमती गाउँपालिकाको १० हजार रोपनी जग्गामा लगाएको बालीनाली नष्ट, बकैया गाउँपालिकाको ९ हजार १ सय ५२ रोपनी जग्गाको बालीनाली,राक्सिराङको ३ हजार १ सय ४५ रोपनी र इन्द्रसरोवरका २ सय १० रोपनी र भीमफेदीको १ सय ४० रोपनी जग्गाको बालीनाली नष्ट भएको र सयौं रोपनी जग्गा बगरमा परिणत भएको छ ।मकवानपुरमा आएको बाढीपहिरोले मकवानपुरमा १० वटा पालिकाका २३ हजार ७९ रोपनी जग्गाको बालीनाली नष्ट गरेको छ ।

बाढीपहिरोबाट सबैभन्दा धेरै पशुचौपाया भीमफेदीमा क्षति भएको छ । भीमफेदीमा ४ हजार ४१ चौपायामा क्षति पु¥याएको छ । मकवानपुरमा बाढीपहिरोबाट ४ हजार १ सय ३६ चौपाया मरेका थिए । खानेपानी, विद्युत् र अन्य पूर्वाधार गरी ५८ वटालाई क्षति पु¥याएको तथ्यांकमा उल्लेख छ । बाढीपहिरोले २१ सडक र राजमार्गमा क्षतिग्रस्त बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*