बागमती प्रदेशमा ७ हजार ७६८ जनालाई डेंगु संक्रमण

साझाकुरा
२०८१ कार्तिक ७, बुधबार ०९:४५

हेटौंडा- बागमती प्रदेश डेंगु संक्रमणबाट धेरै प्रभावित हुने देशका सात प्रदेशमध्ये दोस्रोमा परेको छ । उच्च जनघनत्व भएको बागमतीलाई पनि डेंगु संक्रमितहरुको तथ्यांकमा गण्डकीले उछिनेको छ ।देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांकअनुसार प्रदेशअन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ९ हजार ५ सय ३१, बागमती प्रदेशमा ७ हजार ७६८, कोशी प्रदेशमा १ हजार ६४६ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी लुम्बिनी प्रदेशमा १ जहार ३४८, सुदूरपश्चिम प्रदेशमा १ हजार ६५, कर्णाली प्रदेशमा ३ सय र मधेश प्रदेशमा ४२४ जनामा डेंगु पुष्टि भएको छ । बागमतीको काठमाडौं, ललितपुर, चितवन र भक्तपुर सबैभन्दा बढी प्रभावित जिल्ला रहेका छन् ।

ईडिसिडीको तथ्यांक अनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि काठमाडौं र कास्कीमा धेरैमा सङ्क्रमण देखिएको छ । काठमाडौंमा तीन हजार ५९४, कास्कीमा तीन हजार हजार १८८, तनहुँमा दुई हजार १९५, पर्वतमा एक हजार ५८८ जना संक्रमित बने ।

चितवनमा एक हजार २९, ललितपुरमा ९६८, बागलुङमा ८२१, गोरखामा ७७२, भक्तपुरमा ६२४, कैलालीमा ४०८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*