बकैया कप फुटबल प्रतियोगिता सुरु

साझाकुरा
२०८१ पुष २५, बिहीबार ११:०९

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–३ स्थित बकैया रंगशालामा आज बुधबारदेखि छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बकैया खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो ।बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका हुन् । मन्त्री महर्जनले प्रतियोगिताको शुभकामना दिँदै खेलकुद विकासको लागि आफूले सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे । उनले आफूपनि खेलप्रेमी रहेको भन्दै आफू मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र त्यो अत्यन्तै न्यून भएको कारण खेलक्षेत्रको विकासका लागि सोचेअनुरुप काम गर्न कठिनाई भएको उल्लेख गरे ।

उनले आगामी वर्ष खेलक्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर बजेट बृद्धि गरिने बताए । मन्त्री महर्जनले आफू खेलकुदक्षेत्रकै मानिस भएको कारण खेलाडीको मर्म र भावना बुझेको भन्दै आफ्नो कार्यकालमा खेलक्षेत्रको विकासका लागि उल्लेख्य काम गर्ने बताए । यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने बकैया खेलकुद विकास समितिका संयोजक विजय लामाथिङले जानकारी दिए ।

यसवर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए । प्रतियोगिता आगामी माघ १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता नकआउट चरणमा खेलाइने छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*