सल्ले राम्चेको कब्जामा थाहा अन्तरपालिका भलिबल उपाधि
हेटौंडा- मकवानपुर थाहा नगरपालिकाको ऐंसेलुखर्कमा भएको अन्तरपालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि सल्लेराम्चे युवा क्लबले जितेको छ । वडा नम्बर ८ को ऐंसेलुखर्कमा २ माघमा भएको फाइनल खेलमा चण्डेश्वरी युवा क्लबलाई पराजित गर्दै सल्लेराम्चेले उपाधि हात पारेको हो । प्रतियोगितामा सल्लेराम्चे युवा क्लबले चण्डेश्वरीलाई २५–१८, २५–२३ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि चुमेसँगै सल्लेराम्चे युवा क्लबले नगद एक लाख सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चण्डेश्वरीले ५० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सल्लेराम्चेका नवीन महतो पुतली घोषित हुँदा वेष्ट सेटर सल्लेराम्चेका मन्जिल गुरुङ बन्न सफल भए । बेष्ट सर्भर सल्लेराम्चेकै बलराम सुवेदी घोषित भए । बेस्ट ब्लकर चण्डेश्वरीका प्रवेश कार्की, बेस्ट लिब्रो सल्लेराम्चेका अनिल मोक्तान र बेस्ट स्पाइकर चण्डेश्वरीका अफसोच शाहीठकुरी घोषित भए ।प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछाने तथा विशिष्टअतिथि थाहा नगरउपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए । २८६१ औं सोनाम ल्होछारको अवसरमा आग्राको पर्यटनलाई चिनाउनको लागि मिनी महोत्सवसहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका रामकुमार घलानले बताए ।
घलानका अनुसार हाल थाहा नगरको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाविसमा रहेको पौराणिक, ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए । ४ दिनसम्म भएको मिनी महोत्सवमा गायिका शान्तारानी परियार, जीतु लोप्चन, बाबुकृष्ण परियार, सानू केसी, सर्मिला गुरुङ (सरु), रजनी लामा र डान्सर ममता रानामगर, पूजा सुनार, सविना राई, पिम्सरा आलेमगर र राममाया वाइबा सहित स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा तामाङ खाना, तामाङ संस्कृति झल्कने विभिन्न झाँकीसहित विविध स्टल राखिएको थियो ।
नमूनाजागरण युवा क्लवको अध्यक्ष जयराम घलानको अध्यक्षतामा भएको समापन कार्यक्रममा थाहा नगरपालिका निवर्तमान उपप्रमुख खड्ग गोपाली, वडा नम्बर ८ का अध्यक्ष हेमकुमार थिङ, वडा न ७ का अध्यक्ष शिवराज थिङ, वडा नम्बर ९ का अध्यक्ष राजकुमार बलामी, नेपाली काँग्रेस नगरउपसभापति नवराज कार्की, थाहा–८ का पूर्ववडाअध्यक्ष टीकाराम रुम्बा, पालुङ जेसीजका महासचिव बिक्रम गोपाली, तामाङ घेदुङका नगरअध्यक्ष दीपेन्द्रकुमार थिङ, कार्यक्रमका आर्थिक संयोजक सीताराम घलान, आग्रा कृषि सहकारीका अध्यक्ष रमेश सेन्चुरी, रम्भादेबी एग्रीग्रेटका संचालक अर्जुन थापा, नेपाल भूतपूर्व सैनिक संघ जिल्ला अध्यक्ष कमलकुमार केसी लगायतका आतिथ्यता थियो ।