झाँक्रीले गरिन् सय वर्षका चेपाङ दम्पतिलाई घर हस्तान्तरण

साझाकुरा
२०८१ माघ ६, आईतवार १३:४१

हेटौंडा-भौतिक तथा सहरी विकास पूर्वमन्त्री रामकुमारी झाक्रीले राक्सिराङ गाउँपालिका–५ साचकनिवासी सहाराबिहिन, निसन्तान चेपाङ दम्पतीलाई बस्नको लागि आवास सहित अक्षयकोष हस्तान्तरण गरेकी छन् । राक्सिराङ गाउँपालिका–५ साचकनिवासी वृद्ध दम्पति जयराम प्रजा (१०० वर्ष) र लक्ष्मी प्रजा (९० वर्ष) का लागि खाना र बस्न निकै समस्या देखेपछि सामाजिक अभियान्ता रेखा लोप्चन तामाङले उनीहरुलाई खान र बस्नको लागि सहयोग गरिदिने प्रतिबद्धता ब्यक्त गरेका थिइन् ।

१ दशकदेखि सामाजिक क्षेत्रमा निरन्तर लागि पर्दै आएकी लोप्चनले देशका सीमान्तकृत समुदाय र असहायलाई घर बनाईदिने, खाद्यान्न र लत्ताकपडा सहयोग गर्दै आइरहेका छन् । हालसम्म उनले सामाजिककार्य गरेको आधारमा ७ वटा राष्ट्रिय पुरस्कार पाएकी छिन् ।

मकवानपुरका सहारा बिहिन चेपाङ दम्पतिलाई तीन महिना अघिमात्रै राहत बितरणको क्रममा पुग्दा गाउँमा नाजुक अवस्थामा भेटिएको थियो । खानेकुरा केही नभएको र बस्ने घर जीर्ण अवस्थामा देखेपछि लोप्चनले उनीहरुलाई खाना र बस्नको लागि ब्यबस्थित घर बनाइदिने वचन दिएकी थिइन् । लोप्चनले सामाजिक सञ्जालमार्फत् सहारा बिहिन दम्पतिको लागि घर बनाउन सहयोगको अपिल गरेकी थिइन् ।स्वदेश तथा विदेशमा रहेका मनकारी ब्यक्तिले सहयोग गरी घर निर्माण तथा तत्काल आवश्यक सामग्री खरिद गरी चेपाङ परिवारलाई हस्तान्तरण गरिएको लोप्चनले जानकारी दिइन् ।

घर निर्माणको लागि अमेरिका जर्जिया, स्नेलभिल निवासी कर्णबहादुर गुरुङ तथा प्रेमा गुरुङका छोराहरु सलिन गुरुङ र समिन गुरुङको आर्थिक सहयोग प्राप्त भएको हो । घर निर्माणको लागि ३ लाख रुपैयाँ खर्च भएको र नगद ३ लाख रुपैयाँ संकलन गरी चेपाङको नाममा बैंक खाता खोली राखिदिने ब्यबस्था गरेको बताइएको छ । उनीहरुलाई न्यानो कपडा, खानेकुरा, ग्यासचुलो, भाँडाकुँडा ब्यबस्था गरिएको छ । तीन महिनासम्म चलेको अभियानबाट उनीहरुलाई बाचुन्जेल खान, बस्न ब्यस्थापन भौतिक तथा सहरी विकास पूर्वमन्त्री झाँक्री आएकी हुन् ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)