फोहोर प्लास्टिक संकलन म्याराथुन दिवस प्रथम

साझाकुरा
२०८१ चैत्र २, आईतवार ११:५१

हेटौंडा-राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ वडा कमिटीको आयोजनामा भएको फोहोर प्लास्टिक संकलन म्याराथुन प्रतियोगितामा दिवस लामा प्रथम भएका छन् ।६ दशमलब ९८ केजी प्लाष्टिक संकलन गर्दै उनी प्रथम भएका हुन् । यस्तै ५ दशमलब ९४ केजी फोहोर संकलन गर्दै दिपु डंगोल द्वितीय भए । ५ दशमलब ०६ केजी फोहोर प्लाष्टिक संकलन गर्दै दिवस खतिवडा तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय भएकालाई कार्यक्रमका प्रमुखअतिथि राष्ट्रिय युवा संघ नेपाल लेखाआयोगका प्रमुख सन्तोष चौलागाईले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए ।

हेटौंडा–९ कर्रास्थित गुम्बाचोकबाट सुरु भएको म्याराथुन ४० मिनेटभित्र मानवसेबा आश्रमसम्मको फोहोर संकलन गर्नुपर्ने गरी नियम बनाइएको थियो । तोकिएको समयभित्र घेरै तौल प्लाष्टिकजन्य फोहोर संकलन गर्नेमध्येबाट प्रथम, द्वितीय र तृतीय चयन गरिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख चौलागाईले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । म्याराथुनमा ६० जना युबा सहभागी थिए ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)