पशुपति मन्दिरमा भुवनेश्वर अतिथि सदनको उद्घाटन

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित पशुपति मन्दिरमा निर्माण गरिएको भुवनेश्वर अतिथिसदनको मंगलबार उद्घाटन गरिएको छ ।बागमती प्रदेशसभा सदस्य एवम् पूर्वखानेपानी मन्त्री एकालाल श्रेष्ठले मन्दिर परिसरमा रहेको ३ कोठे अतिथिसदनको उद्घाटन गरेका हुन् । २२ लाख २३ हजार लागतमा अतिथिसदन निर्माण गरिएको हो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त २० लाख र भुवेनश्वर मन्दिर सेवा समितिको २ लाख २३ हजार सहयोगमा सदन निर्माण गरिएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले पशुपति मन्दिरमा नयाँ संरचना निर्माण भन्दा पनि भएका संरचनालाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन् । बाहिरी जिल्लाबाट आएका दर्शनार्थीको लागि आवास निर्माण गर्ने आपूmहरुको लक्ष्य पूरा भएको उनको भनाई छ । पछिल्लो समय मकवानपुरमा धेरै धार्मिक पर्यटकको आगमन बढिरहेको उनले बताए । प्रदेशसभा सदस्य श्रेष्ठले धार्मिक कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ठोस कार्ययोजना बनाउन समेत आग्रह गरेका छन् ।
औद्योगिक नगरीको रुपमा चिनिएको हेटौंडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत चिनाउन प्रदेश सरकार, स्थानीय तहलगायतमा नागरिक समाज एकजुट हुनुपर्नेमा उनले जोड दिए । भुवनेश्वर सेवा समितिका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद रुपाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पर्यटन विकास आयोजना बागमती प्रदेशका कार्यालयप्रमुख रोशन कुमार श्रीवास्तवलगायतको आतिथ्यता रहेको थियो ।