कृषि क्रान्तिद्वारा उत्पादन र रोजगार प्रवद्र्धन

डा. सम्राट तुम्वाहाङफे
२०८२ बैशाख ५, शुक्रबार १३:२६

विद्यमान नेपालको कृषि क्षेत्रकी यथार्थ चित्रण, स्मार्ट कृषि प्रविधि, कृषिको विविध पक्षहरु, कृषि क्रान्तिद्धारा उत्पादनमा आत्मनिर्भर र रोजगार प्रवन्धका विषयमा समाजका प्रवुद्ध वर्ग एवम्आम जनताको जानकारीका लागि यो आलेख प्रस्तुत गरिन्छ ।

विद्यमान नेपालको कृषि क्षेत्रको यथार्थ चित्रण:

कृषक परिवार संख्या, जग्गाको क्षेत्रफल र कित्ता सख्याः राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१,३०,७८९ कृषक परिवारले २२,१८,४१० हेक्टर जग्गामाकृषि कार्य गरेको देखिएको छ । कुल कृषक परिवार मध्ये ३९,९९,२८५ (९६.८५) कृषक परिवारले खेतीपाती गरेको देखिन्छ । पशुपन्छी मात्र पालन गर्ने कृषक परिवारले १,३८,५०४ (३.२५) को सख्यामा रहेको यस कृषि गणनाले देखाएको छ । कृषि गणना २०७८ अनुसार यी कित्ताहरुको सख्या क्रमश १,१५,८३,९५० र २.८ हुन आएको छ ।

खेत, पाखो र सिँचित क्षेत्रफल: कृषि गणना २०७८ मा खेतको क्षेत्रफल करीव १ लाख ५४ हजार हेक्टर घट्न गई १४,२९,९८० हेक्टर पाखो जमिनको क्षेक्रफल करीव १ लाख ५३ हजार हेक्टर घट्न गई ७,८८,४२९.३ हेक्टर जमिन कायम हुन आएको छ । कृषि गणना २०७८ अनुसार १२,०९,२६५.५ हेक्टर जमिनमा सिचाई भएको देखिएको छ । सिचाईको सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको छ ।

सिँचित क्षेत्रफल मध्ये वाह्रै महिना सिचाई गरेको जग्गाको क्षेत्रफल ८,७९,५७० हेक्टर (७२.७५) रहेको देखिएको छ । कृषि गणना २०७८ अनुसार आफ्नै हकको जग्गामा मात्रै कृषि कार्य गर्ने कृषक परिवार सख्या ३३,७२,०२६(८२५) तथ्यांकको आधारमा पाइएको छ । अरुको हकको जग्गामा कृषि कार्य गर्ने कृषक परिवार सख्या ५९,०९१ (१५) तथ्याड्ढ देखाएको छ ।

अन्य हक नखुलेको जग्गामा मात्रै कृषि कार्य गर्ने कृषक परिवार १०,२८१ (०.२५) भएको तथ्यांकले देखाएको छ । अन्य वाँकी ६,८९,३९१ (१६.८५) कृषक परिवारले मिश्रित प्रकार (आफ्नो, अरुको र उपभोग नखुलेको) को उपभोग अन्र्तगत जग्गा चलन गरेको देखिएको छ । कृषक परिवारले आफ्नो हकको मात्रै १६,९९,८२८.४ हेक्टर जग्गा रहेको पाइएको छ ।अन्य हक नखुलेको मात्रै २,२७६.३ हेक्टर जग्गामा कृषि कार्य गर्दै आएको देखिएको छ । आफ्नो, अरुको र अन्य हक नखुलेको मिश्रित रुपमा४,८७,४२०.४ हेक्टर जग्गामा कृषि कार्य गरि आएको पाइएको छ ।
 

जग्गाको उपयोग: कृषि गणना २०७८ अनुसार आफ्नै हकको जग्गामा मात्रै कृषि कार्य गर्ने कृषक परिवार सख्या ३३,७२,०२६ (८२५) भएको तथ्यांकले देखाएको छ । अरुको हकको जग्गामा मात्रै कृषि कार्य गर्ने कृषक परिवार सख्या ५९,०९१ (१५) देखिएको छ । अन्य हक नखुलेको जग्गामा मात्रै कृषि कार्य गर्ने कृषक परिवार १०,२८१ (०.२५) रहेका छन्। अन्य वाँकी ६,८९,३६१ (१६.८५) कृषक परिवारले मिश्रित प्रकार (आफ्नो, अरुको र उपभोग नखुलेको) को उपभोग अन्र्तगत जग्गा चलन गरेको देखिएको छ ।

अस्थायी वाली लागेको क्षेत्रफल करीव ३ लाख ९२ हजार हेक्टर घट्न गई १७,३०,९८१ हेक्टर र स्थायी वाली लागेको क्षेत्रफल करीव २३ हजार हेक्टर घट्न गई १,४५,३६२.९ हेक्टर जमिन कायम हुन आएको देखिन्छ । अस्थायी वाँझो जमिनको क्षेत्रफल एक दशकमा ९५ प्रतिशतले वृद्धि भई ६०,५४२.६ हेक्टर भएको पाइएको छ । वन वनेलोको क्षेत्रफल ४६.९ प्रतिशत वृद्धि भई ८०,६६९.५ हेक्टर जमिन हुन पुगेको छ ।

अस्थायी तथा स्थायी वालीको क्षेत्रफल:

२०७८ कृषि गणना अनुसार सवै भन्दा वढि क्षेत्रफलमा खाद्यान्नवाली (२५,८६,१८३.० हेक्टर) लगाएको देखिएको छ । अन्य वालीहरु क्रमशः कोसे÷दालवाली (१,९९,८४४.८ हेक्टर) तेलवाली (१,८०,१४१.१ हेक्टर), तरकारी वाली (१,०७,७३३.८ हेक्टर) कन्दमुल वाली (१,०४,७३७.८ हेक्टर) मसलावाली (५६,८९३.५ हेक्टर) रहेको पाइएको छ भने नगदेवाली (४४,६०९.३ हेक्टर) रहेको पाइएको छ ।

गत १० वर्षको अवधिमा धान वालीको क्षेत्रफल २,३९,५९५ हेक्टर घट्न गई ५,५९,७०९.३ हेक्टर कायम हुन आएको छ । यसरी नै गहुँको क्षेत्रफलमा ९५,२००.७ हेक्टर कमी भई ६,५४,१९४.३ हेक्टर हुन आएको छ । तर तरकारी वालीको क्षेत्रफल २३,३२२.८ हेक्टरले वृद्धि भएको छ । मसला वालीको क्षेत्रफलमा १३,३५७.६ हेक्टर वृद्धि भएको तथ्यांकले देखाएको छ । वगैचाको रुपमा लगाइएका मुख्य मुख्य स्थायी वाली जस्तै आँप, केरा, सुनतला, कागती र स्याऊको क्षेत्रफल वढ्न गएको तथ्यांकले देखाएको छ ।

बीउ, विषादी र मलको प्रयोग:
हाइव्रिड बीउ प्रयोग गर्ने कृषक परिवारको प्रतिशत ५.४ वाट वढेर करीव १६.५ प्रतिशत पुगेको छ । विषादी प्रयोग गर्ने कृषकहरु २९ प्रतिशतवाट वढेर ४४.६ प्रतिशत हुन गएको छ । कृषि गणना २०७८ अनुसार धान खेती गर्ने २७,६५,४६७ कृषक परिवार मध्ये १४,७११ कृषक परिवारहरुले धान बालीमा अति कडा(रातो) विषादी प्रयोग गरेको पाइउको छ । यसै गरी ७५.९ प्रतिशत कृषक परिवारले धानवालीमा रासायनिक मल प्रयोग गरेको पाइएको छ ।

कृषि गणना २०७८ अनुसार मकै खेती गर्ने २६,०६,०९५ कृषक परिवार मध्ये अधिकांश कृषक परिवारले स्थानीय बीउ प्रयोग गरेको पाइएको छ । उन्नत बीउ र हाइव्रिड बीउ प्रयोग गर्ने कृषक परिवार क्रमश १२.१ र १२.९ प्रतिशत पाइएको छ । मकैमा रसायनिक मल प्रयोग गर्ने ४८.६ प्रतिशत देखिएको छ । यही अवधीमा गहुँ खेती गर्ने २०,४९,०९१ कृषक परिवार मध्ये करीव ६७ प्रतिशतले स्थानीय बीउ प्रयोग गरेका छन् । २७.२ प्रतिशतले उन्नत बीउ र ५.९ प्रतिशतले हाइव्रिड बीउ लगाएको तथ्यांकले उल्लेख गरेको छ ।

गहुँमा २८.३ प्रतिशत कृषक परिवारले विषादी र ५८.५ प्रतिशतले रासायनिक मलको प्रयोग गरेको गणनाले देखाएको छ । कृषि गणना २०७८ अनुसार तरकारी वाली लगाउने कृषक परिवार सख्या १९,७७,५७१ (४७.९) तथ्यांकवाट देखिएको छ । तरकारी बालीमा उन्नत बीउ प्रयोग गर्ने कृषक परिवार १९.९ प्रतिशतवाट वढेर २२.२ प्रतिशत हुन पुगेको तथ्यांकहरुवाट देखिन्छ । हाइव्रिड बीउ लगाउने कृषक परिवार ४.७ प्रतिशत वढेर १३.२ प्रतिशत पुगेको देखिन्छ ।

तरकारीमा विषादी राख्ने १५.८ प्रतिशत देखि २६.७ प्रतिशत पुगेको तथ्यांकवाट देखिन्छ । हाल वढेर ५,२८,०३४ कृषक परिवार मध्ये ५३.२ प्रतिशत कृषक परिवारले सुरक्षित (हरियो) ३३.२ प्रतिशतले मध्यम (निलो) १२.९ प्रतिशतले कडा (पहेलो) र ०.७ प्रतिशत कृषक परिवारले अलि कडा (रातो) विषादी प्रयोग गरेको तथ्यांकवाट पाइएको छ । यसरी नै तरकारी वालीमा रासायनिक मल प्रयोग गर्ने कृषक परिवार २३.३ प्रतिशत तथ्यांकवाट पाइएको छ ।

कृषि औजार: कृषि गणना २०७८ अनसार ट्याक्टर प्रयोग गर्ने कृषकहरु १६ लाख ३९ हजार पुगेको छ र ट्याक्टरको सख्या ५८ हजार पुगेको छ । दुध दुहुने मेसिन प्रयोग गर्ने कृषक परिवार ३० हजार छन् । दुध दुहुने मेसिन ३ हजार ४ सयवटा, दुध दुहुने मेसिन कृषक परिवारमा रहेको पाइएको छ । यस अवधिमा ४,७१,२६० कृषक परिवारले कृषि कार्यका लागि पावरटिलर प्रयोग गरेको तथ्यांकवाट देखिन्छ भने १,१७,९९१ वटा पावर टिलर संचालनमा रहेको देखिन्छ ।

पशुपन्छीको सख्या: विगत १० वर्षको तुलनामा पशुपालन गर्ने कृषक परिवार ३३,५३,८५७ बाट बढेर ३४,०५,०१४ पुगेको छ । गाई गोरुको सख्या करीव १८ लाख ७० हजार घटेकोमा गोरुको सख्या करीव १४ लाखले घट्न गएको तथ्यांकवाट थाहा पाइएको छ । उन्नत गाईको संख्या भने ९१,३०२ बाट बढ्न गई ३,०७,३७३ हुन गउको छ ।राँगा भैसीको संख्या घटेता पनि उन्नत भैसीको सख्या १६,५५१ वाट वढ्न गई १,५५,०६४ हुन पुगेको छ ।

एक दशकमा बाख्रा, खसी, बोका, च्याङ्ग्राको सख्या करीव ३० लाखले वढ्न गएको तथ्यांकवाट देखिएको छ । सुंगुर, वंगुर, वदेलको सख्या करीव ५ लाख ३९ हजारले वृद्धि भएको छ । घर परिवारमा पालिएका कुखुराको सख्या १ करोड ८८ लाख पुगेको छ भने हाँसको सख्या करीव ८ लाख ९६ हजारले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

कृषि कामदार: कृषि गणना २०७८ अनुसार १,०१,१६६ कृषक परिवारले आफ्नो कृषि कार्यको केही अंश ठेक्कामा दिई काम लगाए वापत प्रयोग हुन गएको कामदारको सख्या २४,९३,०६७ व्यक्ती दिन रहेको तथ्यांकवाट देखिन्छ ।

अन्य विवरण: कृषि गणना २०७८ अनुसार अधिकांश (८८५) कृषक परिवारको मुख्य कृषि उत्पादन क्रियाकलाप खाद्यान्न वाली रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमश तरकारी वाली (६५), र पशुपालन (३५) रहेको तथ्यांकवाट देखिन्छ । कृषि गणना २०७८ अनुसार आफ्नो सम्पूर्ण उत्पादन घरायसी उपभोगको लागि हो भनी वताउने कृषक परिवार १.१ प्रतिशतले पाइएको छ । मुख्यत घरायसी उपभोग र केही बिक्रिको लागि भन्ने २४.७ प्रतिशत र मुख्य विक्री र घरायसी उपभोगको लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको पाइएको छ ।

कृषि गणना २०७८ अनुसार बाली सघनता ९ऋचयउउष्लन क्ष्लतभलकष्तथ० दर १.९१ देखिएको छ । जुन २०६८ र २०५८ मा क्रमश १.८५ र १.८३ थियो । यस गणना अनुसार जम्मा कृषक परिवार मध्ये २.६ प्रतिशतले मात्र विगत तीन वर्षमा माटो परीक्षण गरेको पाइएको छ । कृषि गणना २०७८ अनुसार ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यवाट भएको आम्दानीले वर्षभरी खानपुग्ने कुरा तथ्यांकवाट प्राप्त भएको छ ।

कृषि गणना २०७८ अनुसार ४,८३,२०८ (११.७५) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको देखिन्छ । कृषि गणना २०६८ को गणना अनुसार ८,३५,९२१ (२१.८५) कृषक परिवारले कृषि ऋण लिएको देखिएको छ । कृषि गणना २०७८ अनुसार १,८२,४४१ (४.४५) कृषक परिवारले कृषि वीमा गरेको देखिन्छ । यसरी नै विमा गर्ने मध्ये सवैभन्दा वढि १,५३,९६२ ( ८४.४५) कृषक परिवारले पशु पालन कार्यको वीमा गरेको देखिन्छ । यस गणनामा ३,७८,५१२ (७.५५) कृषक परिवारले सन्दर्भ वर्षमा सरकारी अनुदान पाएको उल्लेख छ । सरकारी अनुदान पाएका मध्ये सवै भन्दा वढि १,४२,५७६ (४६.२५) कृषक परिवारलेरासायनिक मल खरिदमा अनुदान प्राप्त गरेको वताएका छन् ।

कृषि गणना २०७८ अनुसार ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरिएको देखिएको छ । उक्तपोखरीको कुल क्षेत्रफल १०,३८३ हेक्टर रहेको देखिन्छ । कृषि गणना २०७८ अनुसार १७,५५४ कृषक परिवारले च्याउ खेती गरेको पाइएको छ । यसै कृषि गणना अनुसार १,९६,८५४ कृषक परिवारले ५,१०,४१४ वटा घारमा मौरी पालन गरेको पाइएको छ ।

गणना अनुसार १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्प खेती नर्सरी खेती गरेको पाइएको छ । गणना अनुसार नेपालमा १ लाख ७ हजार कृषक परिवारलेकरीव १९ हजार हेक्टर जग्गामा कृषि वनको अभ्यास गरेको पाइएको छ । गणना अनुसार ९७,१७४ कृषक परिवारले ४,६५९.२ हेक्टर जग्गामा हरितगृह टनेल पद्धतिवाट खेती गरेको पाइएको छ ।

गणना अनुसार ४३.७ प्रतिशत कृषक परिवारले जलवायु परिवर्तनको वारेमा थाहा भएको वताएका छन्, ती मध्ये ९०.७ प्रतिशत कृषक परिवारले कृषि कार्यमा प्रभाव पारेको वताएका छन् । कृषि गणना २०७८ का अनुसार कृषक परिवारमा अक्सर वसोवास गर्ने जम्मा जनसख्या १,९४,४७,९५५ मध्ये महिला ९९,०४१,१३० (५०.९५) र पुरुष ९५,४३,८२५ (४९.१५) देखिन आएको छ ।

स्मार्ट कृषि प्रविधि: परम्परागत निर्वाहमुखी कृषि प्रणाली भन्दा माथि उठेर स्मार्ट कृषि प्रविधिलाई हामीले अपनाउनै पर्छ तर त्यस्मा भूमिहीन किसान वर्ग, निम्न तथा गरीव किसान वर्ग र मध्यम किसान वर्ग र अन्य सम्पूर्ण किसान वर्गलाई समेट्न सक्नु पर्दछ ।
निष्कर्ष:

कृषि गणना २०७८ ले वर्ष भरी कृषि कर्म गर्ने कृषक परिवारको ४५५ ले खान पुग्ने वताएको छ । अव वाँकी रह्यो ५५५ कृषक परिवारलाई वर्ष भरी कृषि कर्मले खान नपुग्ने भयो । हाम्रो २ वटा चुनौती रह्यो पहिलो कुरा हामी खाद्यान्नमा आत्म निर्भर (सेल्फ सफिसिएन्ट) हुनु पर्दछ । दोस्रो कुरा हाम्रो उत्पादन वाहिरी मुलुकहरुमा निर्यात गर्न सक्ने वन्नु पर्दछ ।

यस्को लागि तिनै तहको सरकारहरुले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र वजेट विनियोजन गर्दा, नेपालका दलहरु आफ्ना राष्ट्रिय महाधिवेशनहरुमा आफ्नो सिद्धान्त, नीति, कार्यक्रम र कार्यदिशा निर्माण गर्दा राष्ट्रिय उत्पादनमा आत्मनिर्भर हुने र रोजगार प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रमलाई उच्च प्राथमिकता दिएर ल्याउनु पर्दछ । त्यसो भयो भने कृषि क्रान्तिद्धारा उत्पादनमा वृद्धि आत्म निर्भर र रोजगार प्रवर्धन गर्न सकिन्छ ।

(स्रोतःNational Sample Census of Agriculture, Nepal 2021/22 District Summary By Province Government of Nepal National Statistics office, kathmandu, Nepal)

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)