तिहारमा सुगम पोखरेल हेटौंडामा

साझाकुरा
२०७८ कार्तिक १०, बुधबार १०:५४

हेटौंडा/ हेटौंडामा आयोजित सांगीतिक कार्यक्रमहरुमा राष्ट्रियस्तरका गायक नदेखिएको लामो समय भइसकेको छ । विगतमा हरेक वर्ष विभिन्न कार्यक्रममा राष्ट्रियस्तरका गायकले मनोरञ्जन प्रदान गर्दै आएका थिए ।कोरोना महामारीका कारण कुनै सांगीतिक कार्यक्रम हुन नसक्दा हेटौंडामा गायकहरुको स्वर गुन्जिन छोडेको थियो । अब फेरि युवा माझ लोकप्रिय गायक सुमग पोखरेलले हेटौंडा तताउने भएका छन् । पोखरेलको उपस्थितिमा १७ कार्तिकमा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।

नेपाली कांग्रेस मकवानपुरको साँस्कृतिक विभागको आयोजनामा दीपावली, नेपाल संवत तथा छठपर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम हुँदैछ ।उक्त कार्यक्रमका लागि सुगम पोखरेल आउने भएको विभागका प्रमुख सुशान्त कुमार श्रेष्ठले बताए । कार्यक्रम रोयल पार्टी प्यालेसमा हुनेछ । कार्यक्रममा गायक पोखरेल, कृष्ण काफ्ले र गायिका समिक्षा अधिकारी आउने विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सहभागीलाई स्वास्थ्य मापदण्ड पालना गर्न आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*