बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले आज शपथ लिँदै

साझाकुरा
२०७८ कार्तिक ११, बिहीबार ०९:५५

हेटौंडा– बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले आजै शपथ लिने भएका छन् । चार दलीय गठबन्धनको नेतृत्व गर्दै पाण्डे मुख्यमन्त्री हुने पक्का भएको हो ।

एमालेकी अष्टलक्ष्मी शाक्यले सरकार अल्पमतमा परेपछि बुधवार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएकी थिइन् । उनको राजीनामापछि बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको थियो ।

शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएपछि शर्माले बुधवार नै नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिएका थिए । पाण्डेले बुधवार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

उनलाई प्रदेश प्रमुख शर्माले अपरान्ह साढे ३ बजे शपथ खुवाउने तयारी छ । पाण्डेसँग पहिलो चरणमा ३ मन्त्रीले शपथ खाने तयारी छ । पाण्डेले सुरुवातमा चार सदस्यीय मन्त्रिमण्डल बनाउने भएका हुन् ।

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एस)सँग १३ र जनता समाजवादी पार्टी (जसपा)सँग १ मत छ ।

अब एमालेले साना दलसँग मिलेपनि सरकार बनाउने स्थिति छैन् । प्रदेशसभा सरकार बनाउन ५५ मत आवश्क पर्छ । एमालेसँग ४३ छ । एमालेसँग नजिक मानिएको राप्रपा र नेमकिपासँग २–२ मत मात्रै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*