२ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश

साझाकुरा
२०७८ कार्तिक १४, आईतवार १४:५०

हेटौंडा/ नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको कार्यक्रममा शनिवार नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विभिन्न चाडपर्वको सन्दर्भ पारेर आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य विष्णुगोपाल महर्जन, घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुब घिमिरे, दीपक ढुंगाना, सन्दिप शाक्यसहित २ सय १५ जना कांग्रेस प्रवेश गरेका हुन् ।

नवप्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले कांग्रसेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति डीनाले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले कांग्रेसका नेता तथा कार्यकर्तालाई कांग्रेसलाई जिताउन एक ढिक्का भइ लाग्न आग्रह गरिन् ।

उनले कम्युनिष्टको झुटको खेती अब धेरै नटिक्ने बताउँदै नेपाली कांग्रेसबाट मात्रै देशमा स्थिरता, विकास र सम्बृद्धि सम्भव भएको बताइन् । बानियाँले पार्टीलाई थप सुदृढीकरण र मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नजिकिँदै गरेको शुभदिपावली, छठ पर्व, नेपाल सम्वतको शुभकामना दिँदै सत्य र न्यायको बाटोमा लागे जित निश्चि भएको उल्लेख गरे । उनले कोरोना महामारीको जोखिम अझै पनि रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी चार्डपर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुली, नेपाली कांग्रेस मकवानपुरका उपसभापति बिष्णु लामिछाने, प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, जिल्ला सचिब बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल बिश्वकर्मा, प्रबक्ता प्रदिप कोइराला, नेवि संघका केन्द्रीय महासचिव प्रभात दाहाल, जिल्ला सल्लाहकार उमा दाहाललगायत नेताहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*