सबै पालिकामा नेकपा एमालेको सर्वसम्मत नयाँ नेतृत्व

साझाकुरा
२०७८ कार्तिक १६, मंगलवार १०:३७

हेटौंडा/ मकवानपुरको १० वटै स्थानीय तहमा नेकपा (एमाले)को स्थानीय तह अधिवेशन भएको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार ९ कार्तिकमा पालिका अधिवेशन गर्नुपर्ने भएपनि मकवानपुरमा १३ कार्तिकमा सारिएको थियो । शनिवार रातिसम्म ८ वटा स्थानीय तहको अधिवेशन सम्पन्न भई सर्वसम्मत नयाँ नेतृत्व आएको एमाले मकवानपुर अध्यक्ष बद्री लम्सालले जानकारी दिए ।

उनका अनुसार जिल्लाकै दुई स्थानीय तहमा भने अगाडि नै अधिवेशन भएको थियो । अधिवेशनमा पालिका कमिटी अध्यक्षदेखि अन्य पदाधिकारी र सदस्यहरुमा आवश्यक संख्या भन्दा धेरैले दाबी गरेपनि सर्वसम्मतीले कमिटी चयन भएको जनाइएको छ । मकवानपुरगढी, थाहा नगरपालिका र मनहरीमा राति अबेरसम्म लगााएर नयाँ कमिटी बनाइएको थियो ।

बागमतीको एकमात्र उपमहानगरपालिका हेटौंडा नगर कमिटीको अधिवेशनबाट सालिकराम पुडासैनीको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन गरेको छ । पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको छ । उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन् । मकवानपुरगढी गाउँपालिका कमिटी अध्यक्षमा रामजी सापकोटा, उपाध्यक्षमा जितबहादुर घिमिरे, सचिवमा नानीराम तिमल्सिना, उपसचिवमा चन्द्र योञ्जन र शारदा तिमल्सिनासहित ६५ सदस्य कमिटी बनाइएको छ ।

एमाले भिमफेदी गाउँपालिका कमिटी अध्यक्षमा सानु थापा मगर चयन भएका छन् । उपाध्यक्ष सिबराज पुडासैनी, सचिवमा शिव रुम्बा, उपसचिवमा कासिराम बज्यु र मंगलादेबी श्रेष्ठसहित ५७ सदस्यीय कमिटी चयन भएको छ । देवकृष्ण पुडासैनीको अध्यक्षतामा ६३ सदस्यीय एमाले इन्द्रसरोवर गाउँपालिका पार्टी कमिटी निर्माण भएको छ । उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनविर स्याङ्तान, उपसचिवमा बैकुण्ठ थापा र उमा लामा चयन भएका छन् ।

एमाले मनहरी गाउँपालिको अध्यक्षमा नवीन सुवेदी सर्वसम्मत चयन भएका छन् । मनहरीमा ७५ सदस्यीय पालिका कमिटी बनाइएको हो । उपाध्यक्षमा मोहन लाल थिङ र सचिवमा पोषकबाबु विष्ट चयन भएका छन् । कमिटीको उपसचिवमा शनिवार सहमती हुन सकेको थिएन् । एमाले थाहा नगर कमिटीको अध्यक्षमा अच्युत्तम प्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा हेम थिङ, सचिवमा कुमार नेगी, उपसचिवमा सुजन रायमाझी र उत्तम लामिछाने चयन भएका छन् ।

राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा क्रमशः बिहीवार र शुक्रबार नै अधिवेशन भएको थियो । राक्सिराङ गाउँपालिका कमिटीको अध्यक्षमा रोहन लामा सर्वसम्मत चयन भए । उपाध्यक्ष रंजिता घलान, सचिवमा दिनेश चेपाङ, उपसचिवमा सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका थिए। कैलाश एमालको अध्यक्षमा पुन्य भण्डारी चयन भए । उपाध्यक्षमा छेकु लामा, सचिवमा राजकुमार गोले, उपसचिवमा गौरी बर्तौला र ओम कुमार मोक्तान चयन भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*