‘चोरपुलिस’ विशेष प्रदर्शन गरिने

साझाकुरा
२०७८ कार्तिक १८, बिहीबार ११:२२

हेटौंडा/नेपाली कथानक चलचित्र ‘चोरपुलिस’ शुभदिपवाली तथा छठ पर्वको अबसर पारेर हेटौंडामा विशेष प्रदर्शन गरिने भएको छ ।हेटौडाको ओम म्याक्स हलमा २५ कार्तिकमा प्रदर्शन हुने जानकारी दिइएको छ । निर्माता विकास लामा (अजय)का अनुसार दिउसो १२ बजेदेखि ३ बजेसम्म चलचिल प्रदर्शनमा आउन लागेको हो । चलचित्रको विशेष प्रदर्शन पहिलो पटक हेटौंडाबाट गर्न लागिएको लामाले बताए ।

उनका अनुसार चलचित्र चाडै नै देशभरप्रदर्शनमा आउने छ । चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ (हैट), जयनन्द लामा, जयकिशन बस्नेत, जयन्ति बस्नेत, सोभित बस्नेत, सुसिल पोखरेल, रामचन्द्र अधिकारी, सुरबीर पण्डित, सुलेमान शंकर (इकु) लगायतका कलाकारहरुको मुख्य अभिनय छ ।

चलचित्रमा आर एल लामाको कथा तथा पटकथा, रामेश्वर हुमागाईको छायांकन, बिकास चौधरीको संगीत, राजु किरातीको द्वन्द, अजय स्याङ्तानको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन रहेको चलचित्र निर्माण युनिटले जनाएको छ । आर सोनाम मुक्तान, लंका माया मुक्तानको निर्माणमा बनेको चलचित्रलाई आर एल लामाले निर्देशन गरेका छन् ।

चलचित्र प्रदर्शन युनिटको टिकटका लागि नविन राना, जीवन लामा, सुदिप लामा, बुद्ध लामा र लाई सम्पर्क गर्न निर्माता लामाले अनुरोध गरेका छन् । प्रदर्शन बारे जानकारी दिन आयोजित कार्यक्रममा चलचित्र निर्माता लामा, तामाङ सास्कृतिक घेदुङ मकवानपुरका अध्यक्ष शुक्र लामा (अजय), विशेष प्रदर्शन युनिटका राजकुमार थिङ र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानलगायतकाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*