राप्रपाका सल्लाहकार रामकृष्ण कांग्रेस प्रवेश

साझाकुरा
२०७८ कार्तिक २५, बिहीबार ११:२९

हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला सल्लाहकारसहित विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् । श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा–१६ मा अध्यक्षका उम्मेदवार थिए ।

त्यस्तै, नेकपा एमाले हेटौंडा–११ का पुराना नेता कृष्णप्रसाद सापकोटा, हरिप्रसाद सापकोटा, नेत्रप्रसाद ढकाल र माओवादीबाट हेटौंडा–७ का लिला गौतम कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेता बानियाँले राप्रपा र कम्युनिष्टहरुको गलत गतिविधिका कारण नेता कार्यकर्तामा वितृष्णा पैदा भएकाले नेपाली कांग्रेस प्रवेश गर्ने क्रम बढेको बताउँदै कांग्रेसमा प्रवेश गरेका सबैलाई उपयुक्त अवसर प्रदान गर्ने बताए । बानियाँले कांग्रेस जनताको समस्या समाधानमा सधैं अग्रसर रहेको बताए । कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*