एमाले जिल्ला सदस्य कांग्रेसमा प्रवेश

साझाकुरा
२०७८ कार्तिक २८, आईतवार ११:३२

हेटौंडा/नेपाली कांग्रेसको मकवानपुरगढी गाउँपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । मकवानपुरगढी–६ अदालत डाँडामा कार्यक्रम भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँकरुो प्रमुख आतिथ्यता एवं वडा सभापति केदारनाथ चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, हेटौंडा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्षका प्रत्यासी कृष्णप्रसाद बजगाई, उपसभापति सुशिला फुयाँललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाले जिल्ला सदस्य श्यामप्रसाद ढंगाना, समाजसेवी रमेश धितालसहित एमाले र माओवादीबाट ९६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। त्यसैगरी, मकवानपुरगढी–३ देविडाँडामा मतदाता भेटघाट कार्यक्रम भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं वडा सभापति बिजय लामा थोकरको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजबिर मोक्तान, रुक्मणी ढुंगाना, कमल फुयाँललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाले, राप्रपा र माओवादीबाट ३४ जना कांग्रेसमा प्रवेश गरेका छन् । दुबै स्थानमा कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति बानियाँले नव– प्रवेशीहरूलाई स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*