बनकरिया बस्तीमा आर्थिक र सामाजिक बृद्धिका कार्यक्रम ल्याउने मन्त्रीको बाचा

साझाकुरा
२०७८ मंसिर ३, शुक्रबार ०९:०८

हेटौंडा/बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले मकवानपुरको वनकरिया वस्तीमा आर्थिक र सामाजिक कार्यक्रम ल्याउने बताएका
छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा बसोवास गर्दै आएका लोपन्मुख वनकरिया जातीका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने विश्वास मन्त्री जम्मकट्टेलले दिलाए ।

प्रदेश सरकारले उनीहरुको हितका निम्ति काम गर्ने उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममै समेटेर भएपनि राज्यको लोपन्मुख जातजातीका लागि बजेट ल्याएर काम गरिने मन्त्री जम्मकट्टेलले बताए । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)को आर्थिक सहयोगमा बिहीवार भएको कार्यक्रममा जम्मकट्टेलले यस्तो बताएका हुन् ।

वनकरिया जातीका लागि संसद र सरकारको भूमिकाका विषयमा आफ्नो धारणा राख्दै उनले वनकरिया समुदाय बस्दै आएको जग्गाको स्वामित्व दिलाउनका लागि प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जनाए । उनीहरुको चाहना अनुसार विद्यालय खोलीदिने, आयआर्जनका काममा सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ छ । वनकरिया बस्तीमा पहिलो पटक पुग्दा त्याहाँको बिकासका लागि सरकारले काम गर्नुपर्ने देखेको निवर्तमान सामाविक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले बताइन् ।

वनकरियाको जिवनस्तर उकास्न तीन तहको सरकारले काम गर्नुपर्नेमा प्रदेशसभा सदस्य ओम बहादुर ग्लानले बताए । वनकरियाका लागि शिक्षा, स्वास्थ्यसँगै जग्गाको लालपूर्जा दिलाउन लाग्नुपर्नेमा ग्लानको जोड थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*