महाधिवेशन ऐतिहासिक बनाउने मकवानपुर एमालेको उद्घोष

साझाकुरा
२०७८ मंसिर ५, आईतवार ०९:५१

हेटौंडा÷चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको बिस्तारीत बैठक बसेको छ । पार्टीका जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालको अध्यक्षता एवम् स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको बैठकले महाधिवेशन ऐतिहासिक बनाउन लाग्ने उद्घोष गरेको छ । कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रायमाझीले नेकपा एमालेको महाधिवेशन ऐतिहासिक हुने बताए ।

अधिवेशन सफल बनाउन पार्टीको सम्पुर्ण शक्ति एक हुने उनले बताए । उनले नेपाली राजनीतिको मूलधार नेकपा (एमाले) भएको दाबी गरे । नेता रायमाझीले केपी ओली नेतृत्वको सरकारले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि गरेको कामबाट देशीविदेशी शक्तिहरु आत्तिएको र परमादेशको सरकार स्थापना गर्ने सम्मको हर्कत भएको स्पष्ट पारे । नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन चाहनेहरुले अझै पनि एमालेलाई प्रहार गरिरहेको उल्लेख गरे । बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य एबम बागमती प्रदेशका सह इन्चार्ज डोरमणि पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश कमिटी सङठन बिभाग प्रमुख अनन्त पौडेल सांसद कृष्ण दाहाललगायत सहभागी थिए ।

महाधिवेशनका लागि समितिहरु गठननेकपा एमाले मकवापुरले केन्द्रीय महाधिवेशनमा सहभागिताका लागि जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालको संयोजकत्वमा २ हजार १ सदस्यीय जनपरिचालन समिति निर्माण गरेको छ । त्यसैगरी सचिव एकालाल श्रेष्ठको संयोजकत्वमा ¥याली ब्यबस्थापन समिति, जिल्ला सदस्य बिश्वराज राइको संयोजकत्वमा यातायात ब्यबस्थापन, संयोजक बिश्व राज राई, सचिवालय सदस्य नवीन सिग्देलको संयोजकत्वमा महाधिवेशन प्रचारप्रसार समिति, उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा आर्थिक ब्यबस्थापन, उपसचिव लाल बहादुर थापाको संयोजकत्वमा सास्कृतिक झाकी जातीय भेषभुषा ब्यबस्थापन समिति निर्माण गरिएको छ ।

 

यस्तै कार्यक्रममा सहभागिताका लागि मकवानपुरको बागमती गाउँपालिका सहजकर्तामा खेम जर्घा र शर्मिला बिक, बकैयामा कृष्ण चौलागाईं र बेलप्रसाद दाहाल, मकवानपुर गढीमा बिदुर हुमागार्इं र मेम्बर लो, भीमफेदीमा हिदम लामा र पार्वती राना, इन्द्रसरोवरमा डिके पुडासैनी, थाहा नगरपालिकामा बिष्णु ढकाल र बुद्ध रत्न मानन्धर, कैलाशमा बच्छु ढुंगाना र बुद्धि बहादुर मोक्तान, मनहरीमा हेम उप्रेती र गौतम लामा, हेटौंडामा नवीन सिग्देल फुर्वा लामा, सुनिल मोक्तान, मदन दाहाल, ध्रुब चौलागाईंलाई जिम्मेवारी दिइएको सचिब एकालाल श्रेष्ठले बताए ।

यसैगरी प्रदेश कमीटीमा रहेका अणराज जर्गा र जयबहादुर वाइवालाई बागमती, पद्मा पौडेललाई बकैया, हर्कमाया रुम्बा र नबराज तिमल्सिनालाई मकवानपुरगढी, भगवती पुडासैनीलाई भीमफेदी, सुभाषचन्द्र ठकुरी, देबराज रिमाल, नारायण सापकोटालाई इन्द्रसरोबर, सुभासचन्द्र ठकुरी र बरिना बलाई थाहा, महेश बर्तौलालाई कैलाश, सुन्तली प्रजालाई राक्सिराड, एकराज उप्रेती, श्याम ढकाललाई मनहरी, अनन्त पौडेल, रघुनाथ खुलाल र जुनेली श्रेष्ठलाई हेटौंडा उपमहानगरपालिका, मधुसुधन खतिवडा, अर्जुन अर्याललाई इलाका मजदुर र पेशागत महासंघको रधुनाथ खुलाललाई जिम्मा दिइएको छ । यस्तै सडकमा स्वागतद्वार, झन्डा, घडाहरु राख्ने, ब्यानर र पर्चा गाउँ गाउँ पुर्याउने, रेडियो टीभी अनलाइन तथा पत्रिकामा सूचना व्यापक बनाउनेलगायतका निर्णय गरेको नेकपा एमालेका जिल्ला सचिब एकालाल श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*