सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा

साझाकुरा
२०७८ मंसिर ९, बिहीबार १४:१८

हेटौडा–नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १० औं राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन्। महाधिवेशनमा सहभागी हुन आज चितवन पुगेका थापाले सहमति नभए केही पदमा निर्वाचन हुनसक्ने बताए ।

आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले चाँडै निर्णय गर्ने बताए। ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्‍यौं। अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ। सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ।’, उनले भने।

महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ। एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन्। एमाले नेता महेश बस्नेत पनि चितवन पुगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*