अभियानलाई, अभियानकै रुपमा अघि बढाऔं

साझाकुरा
२०७८ मंसिर १०, शुक्रबार १२:५५

यस वर्षको महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु भइसकेको छ । हरेक वर्ष विश्वभर २५ नोभेम्बरदेखि १६ दिन महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ । यही दिनदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरिँदै आएको छ । यस वर्ष नेपालमा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको छ । विभिन्न दिवस मनाउने र अभियान सञ्चालन गर्ने गरिए पनि नेपाली समाजमा महिलामाथिको हिंसाको स्थितिमा कमी आएको देखिँदैन ।

पछिल्लो समय महिला सशक्तिकरणको क्षेत्रमा धेरै कार्य भएको र समाज सचेत बन्दै गएको अवस्थामा महिला हिंसाका घटनामा झन् बढोत्तरी हुँदै गएको भने देखिन्छ । महिलालाई बोक्सीको आरोपमा जिउ“दै जलाइन्छ, मलमुत्र खुवाइन्छ, बलात्कार÷हत्या गरिन्छ, महिला बेचबिखन, विभत्स यातना, कुटपिट, शारीरिक तथा मानसिक यातना, छाउपडी प्रथा, दाइजो र तिलक प्रथा, बालविवाह, बहुविवाह जस्ता हिंसाका कारण महिलाहरु मर्यादित र सम्मानित नागरिकका रुपमा बा“च्न सकेका छैनन् । राज्यले सामाजिक न्याय र समानताको सिद्धान्त अपनाउ“दै महिलाहरुलाई मर्यादित र समान नागरिकको व्यवहार गर्नका लागि केही हदसम्म संवैधानिक र कानूनी व्यवस्था गरे पनि भएका कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दूर्भाग्यपूर्ण छ । यसवर्È अन्तर्राष्ट्रिय जगतका साथै हाम्रो देशमा पनि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भए पनि महिलामाथिको हिंसा भइरहेकै छ । महिलामाथि हुने हिंसा केवल महिलाको मात्र समस्या होइन यो सिंगो राष्ट्रको समस्या हो ।

महिला हिंसाका घटना सार्वजनिक भएसँगै अहिले यसको विरोधमा चर्का आवाज पनि उठ्ने गरेका छन् । यसले महिला हिंसाका घटनाप्रति गाम्भीर्यता बढेको अनुभूति भए पनि हिंसाका घटना बारम्बार सार्वजनिक भइरहनुलाई ठूलो चुनौतीका रुपमा लिुन आवश्यक छ । हिंसात्मक व्यवहार गर्नेहरुप्रति राज्य कठोररुपमा पेस भएको अवस्था देखिएको छैन। हिंसा गर्नेहरुको शक्ति र प्रभावका कारण उनीहरुमाथि कारबाहीको प्रक्रिया औपचारिकमात्र बनिरहेको छ । एक्काइसौं शताब्दीको यस आधुनिक युगमा आइपुग्दा पनि विश्वभरका महिलाहरु कुनै न कुनै हिंसाबाट पीडित छन् । अझ हाम्रोजस्तो विकासोन्मुख देशका आम महिलाहरु धेरै प्रकारका हिंसाबाट पीडित छन् । आम महिलाहरु उपेÔित छन्,

उत्पीडित छन्, भेदभाव, अन्याय, अत्याचार, अमानवीय, अमर्यादित र अपमानित भएर बा“च्न बाध्य छन् । महिला तथा अन्य राजनीतिक अधिकारका लागि हाम्रो देशमा थुप्रै आन्दोलन भए । ती आन्दोलनमा महिलाहरुले का“धमा का“ध मिलाएर आन्दोलन सफल पारे । आन्दोलनले ठूला–ठूला राजनीतिक परिवर्तन ल्याए पनि सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन ल्याउन सकेको छैन । यही भएर महिला अधिकारका लागि विभिन्न अभियान चलाउनु परिरहेको छ । महिला हिंसाको मूल जरो र स्रोतको रुपमा रहेको कुरीति, कुसंस्कार र पितृसत्तात्मक सोचमा पनि परिवर्तन आउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*