थाहा नगर माओवादी कमिटीमा अधिकारीको दाबी

साझाकुरा
२०७८ मंसिर ११, शनिबार १०:१०

हेटौंडा- नेकपा माओवादी केन्द्रको आसन्न थाहा नगर कमिटी निर्वाचनमा मनोज अधिकारीले अध्यक्ष पदमा दाबी गरेका छन् । २०४८ सालबाट अखिल छैठौँको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेको अधिकार २०५१ सालबाट संयुक्त जनमोर्चा नेपालमा सक्रिय भएका थिए ।

२०५४ सालमा जनमोर्चा नेपालको पार्टी सदस्यता लिएका उनले त्यसयता रुपचन्द्र बिष्टको जनमुखी राजनीतिबाट प्रेरित भइ राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका बताए । २०६४ पछि नेकपा माओवादी र एकता केन्द्रबीच पार्टी एकता भएपछि अधिकारी एकीकृत पार्टीको वडा कमिटी अध्यक्ष चयन भएका थिए । २०७० सालपछि उनी पार्टीको नगर कमिटीमा रहेर काम गर्दै आएका छन् ।

पार्टीलाई नगरमा थप व्यवस्थित बनाउन र जनमुखी काममा जोड्न आफ्नो उमेदवारी रहेको अधिकारीले बताए । माओवादी केन्द्रको प्रथम नगर सम्मेलन तथा कमिटी निर्वाचन यही ११ मंसिरमा जेसीज सभा हलमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*