एमाले भित्रको भीडन्त

साझाकुरा
२०७८ मंसिर १३, सोमबार ०९:०९

चतवनको सौराहमा नेकपा एमालेको १० औं महाधिवेशन आज सकिँदै छ । शुक्रबारबाट सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयनसँग आज सकिने छ । महाधिवेशनले नयाँ कार्यसमितिमा १ अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ७ सचिव, ३ सय १ केन्द्रीय सदस्य र ९९ जना पोलिटब्यूरो सदस्य चयन गर्नेछ । मकवानपुरका दुई नेता केन्द्रीय सदस्यको आकांक्षी छन् । संविधानसभा सदस्य अनन्त पौडेल र तत्कालीन जिल्ला विकास समिति सभापति रामेश्वर राना केन्द्रीय सदस्यको दाबेदारका रुपमा प्रस्तुत भएका छन् ।

यसअघि मकवानपुरका ७ जना एमाले नेता केन्द्रीय सदस्यको दाबेदार देखिएपनि जुनेली श्रेष्ठ, कृष्ण प्रसाद दाहाल, रामचन्द्र राई, सुभाष चन्द्र ठकुरी र रघुनाथ खुलाल पछि हटेपनि पौडेल र राना भने, केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा भिड्न कस्सिएका छन् । बागमती प्रदेशबाट मकवानपुरका पौडेल र रानासहित ४९ जना केन्द्रीय सदस्यको मैदानमा छन् ।  १३ जिल्लामा समेटिएको बागमतीबाट ४९ जना केन्द्रीय सदस्यको दाबेदार देखिनु धेरै भएको नेताहरुको भनाइ छ ।

जनामा अरुण नेपाल, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, गणेश पहाडी, सरिता न्यौपाने, सुभाष कर्माचार्य, सरेश नेपाल, हरिकृष्ण व्यञ्जनकार, कृष्ण राई, कृष्णभक्त पोखरेल, कोमल भट्टराई, पार्वती रावल, केशव देवकोटा, सरस्वती बस्नेत, रचना खड्का, शान्ति तामाङ, कैलाश ढुंगेल, रत्न गौतम केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् । यसैगरी, गीता कार्की, कालिका पाठक, ईश्वरचन्द्र पोखरेल, भूमि त्रिपाठी, माधव अर्याल, जगन्नाथ थपलिया, काशीनाथ अधिकारी, हरि सापकोटा, पुरुषोत्तम न्यौपाने, विजय सुवेदी, नारायण वन, बाबुराम खरेल, प्रभा बराल, भक्तकुमारी लामा, जनार्दन ढकाल, केशवराज पाण्डे, नारायण खतिवडा, माधव ढुंगेल, रमेश पौडेल, उषा– किरण तिमल्सिना, निर्मल कुइँकेल, निर्मल भट्टराई, किरण पौडेललगायत छन् ।

बागमतीबाटै गोकुल बाँस्कोटा र महेश बस्नेतले सचिवमा पनि दाबी गरेका छन् । त्यस्तै, बागमती बाटै डबल पाण्डेले केन्द्रीय अनुशासन आयोगमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । सात प्रदेश, गैरभौगोलिक प्रदेश, जनसंगठन र प्रवासमा समेत काम गरिसकेका पुराना केन्द्रीय सदस्य तथा नयाँ आकांक्षीले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली आफु अनुकुलको एमाले बनाउने कोशिस गर्दा लोकतान्त्रिक पद्धती मिचिएको भन्दै एमाले भित्र अर्को भीडन्त सुरु हुने देखिएको छ ।

ओलीविरुद्ध भीम रावलले आफ्नो अडान कायम राख्दै अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् । ओली पक्ष भने सहमतीमै टुंग्याउने पक्षमा अडिग छ । उता बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई बनाउन ओलीले ‘कार्ड’हरु फ्यालीरहेका छन् । तर, ओलीको कार्डलाई लत्याउँदै सुवास नेम्वाङ पोखरेलविरुद्ध चुनावी मैदानमा उत्रन कम्मर कसेर लागेका छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*