नेकपा (एमाले) को अध्यक्षमा डा. भीम रावलको उम्मेदवारी दर्ता

साझाकुरा
२०७८ मंसिर १३, सोमबार ०९:४२

हेटौडा-नेकपा (एमाले) को अध्यक्षमा डा. भीम रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो। रावलको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट छन् ।

रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ। उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् । यस्तै नेता घनश्याम भुसालले एमालेको उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्। युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published.


*