माओवादी केन्द्र हेटौंडामा थापा, कैलाशमा मल्लको नेतृत्व चयन

साझाकुरा
२०७८ मंसिर १५, बुधबार ०९:१६

हेटौंडा-मकवानपुरका स्थानीय तहहरुमा नेकपा  माओवादी केन्द्रको कमिटी चयन भइरहेको छ । स्थानीय तहहरुमा अधिवेशनसँगै नयाँ कमिटी चयनमा तीब्रता दिइएको माओवादी केन्द्रले नेतृत्वमा युवा वर्गलाई प्राथमिकता दिएको छ । हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा तीर्थबहादुर थापा मगर र कैलाश गाउँपालिकाको अध्यक्षमा बालकुमार मल्ल सर्वसम्मत चयन भएका छन् ।

सोमबार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने क्रममा मगर सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।  मंगलबार हेटौंडा–४, गर्दोईस्थित पार्टी कार्यालयमा नगर कमिटीका नवनिर्वाचित सदस्यहरु मध्येबाट थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय भएको हो । हेटौंडा उपमहानगरमा ७२ सदस्यीय नगर कमिटी चयन भएको थियो । नगर कमिटीका सदस्यमध्येबाट पदाधिकारी चयन गर्ने कार्य जारी छ ।

सोमबारनै भएको अधिवेशनले मल्लको अध्यक्षतामा ५५ सदस्यीय कैलाश गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ठाकुरसिं थिङ र लाल सिं गुरुङ, सचिवमा कमल अर्याल, सह–सचिवमा रवीन्द्र थिङ र सुजाता फँयाल, कोषाध्यक्षमा सुनिता दोङ रहेका छन् । त्यस्तै, सदस्यहरुमा नमुना चेपाङ, तिलक मोक्तान, सितराम रुम्बा लगायत  रहेका छन् ।

हेटौंडा उपमहानगर कमिटीमा कम्तिमा एकजना महिलासहित ३ जना उपाध्यक्ष, एकजना सचिव, एकजना सहसचिव चयनका लागि छलफल चलिरहेको मगरले जानकारी दिए । नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष मगरले बताए ।  कैलाश गाउँ कमिटीको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य बीरबहादुर घलान ‘ज्वाला’, जिल्ला सचिवालय सदस्य रेखा थापा मगर, जिल्ला समन्वय सदस्य नरेन्द्र
रिजाल, निर्वाचन मण्डलका प्रमुख बाल चन्द्र मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

गत मंसिर ११ गते नै थाहा नगरपालिकामा पनि ५९ सदस्यीय नगर कमिटी बनाइसकिएको तर, पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिए । माओवादी केन्द्रले यसअघि मकवानपुरका १०२ वटै वडाको अधिवेशन सम्पन्न गरिसकेको छ । माओवादीले पालिका निर्वाचनको लागि वडाबाट प्रतिनिधि चयन गरेको छ । गाउँपालिकाको हकमा १ सय ५०, नगरपालिकामा २ सय, उपमहानगरपालिकामा ३ सय र महानगरपालिकामा ४ सय जना प्रतिनिधि छनौट हुने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*