राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु

साझाकुरा
२०७८ मंसिर १५, बुधबार १३:२७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनको अध्यक्षत्रयले पानसमा दीप प्रज्वलन र पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरेका थिए। त्यसअघि कार्यक्रमको सुरुवातमा बटुकहरुले स्वस्ती वाचन गरेका थिए ।

पशुपति शमशेरको अध्यक्षतामा उदघाटन कार्यक्रम सुरू भएको हो। एकता महाधिवेशनमा प्रकाशचन्द्र लोहनी, कमल थापाका साथै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा नेता अनिलकुमार झा, जसपा नेता प्रकाश अधिकारीलगायतको उपस्थिति रहेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि महाधिवेशनमा सहभागी हुने माइकिङ गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*