एमाले केन्द्रीय सदस्यमा निर्वाचित चार जनालाई सम्मान

साझाकुरा
२०७८ मंसिर १७, शुक्रबार ०९:४१

हेटौंडा-नेकपा एमालेको चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका चार नेतालाई सम्मान गरिएको छ । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटौंडा नगर कमिटीले मकवानपुरबाट विजयी भएका ४ जना केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको हो ।

पार्टी कार्यलयमा भएको सम्मान कार्यक्रममा अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठले टिका, खादा तथा डायरी प्रदान गरेर केन्द्रीय सदस्यहरुलाई सम्मान प्रदान गरेका छन् । एमालेको केन्द्रीय सदस्यमा आठ नेताले उम्मेदवारी दिने घोषणा गरेपनि अन्ततः चार जनामात्रै ओलीको सूचिमा परेका थिए ।

महाधिवेशनबाट मकवानपुरका रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ र भारती पाठक निर्वाचित भएका हुन् । एमाले उपमहानगर अध्यक्ष शाालिकराम पुडासैनीले निर्वाचित केन्द्रीय सदस्यहरुलाई फोटोसहितको फ्रेम दिएका थिए । कार्यक्रममा नेकपा एमाले बागमती सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नगरका पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*