नेपाली कांग्रेसले १४ औं महाधिवेशनको आधिकारिक ब्यानर सार्वजनिक

साझाकुरा
२०७८ मंसिर १७, शुक्रबार १०:२५

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको आधिकारिक ब्यानर सार्वजनिक गरेको छ । ब्यानरमा राष्ट्रिय झण्डा, पार्टीको झण्डा र चुनाव चिह्न, नेपालको नक्साभित्र वीपी कोइराला, सुवर्णशम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर छ । साथै नाराका रुपमा ‘उत्साह, एकता, रुपान्तरण’ उल्लेख गरिएको छ । कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाण्डौमा हुँदैछ। उद्घाटन समारोह भृकुटीमण्डपमा र चुनावी कार्यक्रम अन्तर्गत केन्द्रीय पदाधिकारीका लागि भृकुटीमण्डप, पुलिस क्लब र सभागृहमा मतदान हुने प्रचार समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*