कांग्रेस बागमती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी

साझाकुरा
२०७८ मंसिर १७, शुक्रबार १५:१८

हेटौंडा – नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । शेरबहादुर देउवा पक्षबाट कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधान रहेका छन् । अधिवेशनमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्नेछन् । १६–१८ मंसिरसम्म हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*